वीरगंज । सवारी दुर्घटनामा परेर पत्रकार मनोज हितांगको मृत्यु भएको छ। बुटवलको मिलनचोकमा गएराति मोटरसाइकललाई यात्रुबहाक बसले ठक्कर दिँदा हितांगको मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ।
लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार रहेका ३६ वर्षीय हितंगालाई सुप ०७–०२–००१ नम्बरको बसले गए राति करिब सवा ११ बजे बुटवल बसपार्क नजिकै ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका हितांगलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो।
उनलाई केहीबेरमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए। पछिल्लो समय उनी एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा रहेर संवाददाताका रूपमा कार्यरत थिए। पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगाका बुवा, श्रीमती र २ भाइ छन्।