• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    न्यायालयको सुधारमा लागिपरेका छौँ : कामु प्रधानन्यायाधीश

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०७९, शनिबार १३:३४
  • ११४५

    वीरगंज । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाको जतिसक्दो छिटो फछ्र्योट गरेर न्यायालयको सुधारमा लागिरहेको बताएका छन् । नेपाल बार एसोसिएसनले आयोजना गरेको कानून व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले सर्वोच्च अदालतमा पाँच जना न्यायाधीशको कमी भएर १६ जना मात्रै न्यायाधीशले काम गर्दा पनि मुद्दा फछ्र्योटमा तीव्रता दिइएको जानकारी दिए । सर्वोच्च अदालतका ३० हजार मुद्दा करिब २८ हजारमा झारेको बताउँदै उनले समयमा इजलास बस्ने र एक मिनेट पनि समय खेर फाल्दैनौँ, जतिसक्दो छिटो न्याय दिन सुधारको अभियानमा लागेको बताए । उनले पाँच वर्षभित्रका पुराना मुद्दालाई शून्यमा झार्ने र दुई वर्षभित्र उच्च अदालतलाई पनि शून्यमा झार्ने काम गरिरहेको बताउँदै पाँचवर्ष पुराना मुद्दामध्ये चार हजार आठ मुद्दालाई छिटो फछ्र्योट गर्न काम गरिरहेको जानकारी दिए ।

    कामु प्रधानन्यायाधीश कार्कीले समयमा न्यायाधीश नियुक्ति हुन नसक्दा मुद्दा फछ्र्योटमा समस्या भएकोसमेत बताए । कानून व्यवसायमा महिलाको उपस्थिति बढ्दै गएको र नवप्रवेशी महिला कानून व्यवसायीलाई पेशामा टिकाइरहन अवसर दिनुपर्नेमा उनले जोड दिए । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले न्यायमा महिला सहभागिता सबैभन्दा कम भएको हुँदा वृद्धि गर्नका लागि लैङ्गिक नीति बनाउनुपर्ने बताउँदै समावेशी न्यायिक क्षेत्र बनाउन जरुरी रहेको धारणा राखिन् । महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया चाँडै अघि बढने विषयमा प्रधानमन्त्री र सभामुखसँग सल्लाह भइरहेको बताए । उनले यस विषयमा महान्यायाधिवक्ताले गर्नसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महान्यायाधिवक्ता डा.पोखरेलले कानून व्यवसायी महिलाले पेसागतरूपमा उत्कृष्ट बन्ने नारालाई सार्थकता दिन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

    नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालय एक वर्षदेखि कामुको भरमा चलेको हँुदा यथाशीघ्र प्रधानन्यायाधीश नियुक्तिको वातावरण बनाउनुपर्ने बताउँदै कानून व्यवसायीलाई तालिम दिनका लागि ‘लयर्स एकेडेमी’ निर्माण गर्नुपर्ने मागसमेत गरे । नेपाल कानूनी व्यवसायी परिषद्को तथ्यांक अनुसार नेपालभर करिब तीन हजार कानून व्यवसायी महिला छन् । सम्मेलनमा चार सयभन्दा बढी कानुन व्यवसायी महिला सहभागी भएको बारका महासचिव अञ्जिता खनालले जानकारी दिइन । ‘पेसागत उत्कृष्टता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सुरू भएको सम्मेलनमा समग्र महिला अधिकारको अवस्था र स्वतन्त्र न्यायपालिकाका लागि कानून व्यवसायी महिलाको भूमिका, संघीय संरचनमा महिला सहभागिता, पेशागत चुनौती, हिंसा पीडितको न्यायमा पहुँचको अवस्था र निःशुल्क सहायतालगायतका विषयमा विभिन्न विषयमा अवधारणापत्र र कार्ययोजनामाथि बृहत् छलफल गरी वीरगञ्ज घोषणापत्र जारी गरिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑