• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेलामा रमाइलो गर्न गएका वडा अध्यक्षको सरकारी गाडी चोरी

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०७९, शनिबार १०:३५
  • १७३३

    वीरगन्ज । सरकारी कामकाजबाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडीको पर्सामा दुरुपयोग बढ्दै गएको छ । जनप्रतिनिधि र सरकारी कर्मचारीले आफू अनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेका हुन् । विभिन्न मेला महोत्सव, घुमघाम र निजी काममा समेत सरकारी गाडी प्रयोग भइरहेका छन् । तर कुनै पनि निकायले गाडी दुरुपयोग भएको नियमन गरेको छैन ।

    शुक्रबार पर्साको जिराभवानी गाउँपालिका स्थित रहेको जिराभवानी माईको मन्दिरमा लागेको मेलामा रमाइलो गर्न र घुमघाम गर्ने गएका वडा अध्यक्ष पुनिलाल साह तेलिको सरकारी मोटरसाइकल चोरी भएको छ ।

    पर्साको बहुदरमाई नगरपालिका अन्तर्गत पञ्जिकरण शाखामा कार्यरत प्रबिन्द कुमार साहले पालिकाको कामकाजका लागि लिएको प्र २-०३-००१ ब ५८ नम्बर सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको हो ।

    पञ्जिकरण शाखामा कार्यरत साहले आफु कार्यालय आउन जनाको लागि लिएको मोटरसाइल उनका बुबा वडा अध्यक्ष पुनीलाल साह तेलिले प्रयोग गर्दै आएका थिए ।

    नेपाल सरकारले दोहरो सेवा सुविधा रोक लगाए सँगै स्थानीय तहका जनप्रतिनिधिहरुले कुनै एक सुविधा लिने गरेकोमा वडा अध्यक्ष तेलीले आफू प्रयोग गर्दै आएको गाडी कार्यलयमा बुझाई सेवा सुविधा लिई रहेका थिए भने पञ्जिकरण शाखामा कार्यरत उनका छोरा प्रबिन्द कुमार साहको नाममा नगरपालिकाको कार्यलयबाट सरकारी गाडी लिई वडा अध्यक्ष तेलीले प्रयोग गर्दै आएका थिए ।

    शुक्रबार वडा अध्यक्ष तेलीले आफैं मोटरसाइकल लिई मेलामा घुम्न गएका थिए । मेलामा पार्किङ गरी मेला घुम्दै गरेकोमा सरकारी मोटरसाइकल चोरी भएको स्थानियहरुले बताएका छन् ।

    तर यस विषयमा बहुदरमाई नगरपालिकाको फेसबुक पेजमा यस्तो सूचना सार्वजनिक गरिएको छ ।

    सुचना ! सुचना !! मोटरसाईकल हराएको सुचना !!!

    आज यहि मिती २०७९ फागुन १२ गते शुक्रबारका दिन ३ः३० बजे तिर यस बहुदरमाई नगरपालिका अन्तर्गत पञ्जिकरण शाखा मा कार्यरत प्रबिन्द कुमार साहले चलाईरहेको मोटरसाईकल सुपर स्पेलेण्डर सवारी नं. प्र २-०३-००१ ब ५८ रहेको मोटरसाइकल जिराभवानी गाउपालिकाको कार्यालयमा गई पञ्जिकरण शाखाको एम.आई.एस अपरेटर संग भी पी एन सम्बन्धी बिषयमा समन्वय गरी फर्किएको बेला जिराभवानी गा.पा नजिक रहेको मन्दिर दर्शन गर्ने शिलसिलामा निजको मोटरसाइकल चोरी भएको ब्यहोरा अनुरोध छ।
    साथै हराएको मोटरसाईकल यदि कसैले हेर्न साथ बहुदरमाई नगरपालिकाको कार्यालय वा नजिकको प्रहरी चौकी वा जिला प्रशासन कार्यालयमा जानकारी गरिदिनहुन् समेत अनुरोध छ ।

    यस बिषयमा वडा अध्यक्ष तेलीसँग बुझ्दा म र मेरो छोरा पालिकाको कामले होइन मन्दिरमा पूजा गर्न गएको उनले बताए । मन्दिर पुगेको ३० मिनेटमै गाडी चोरी भएको उनले बताए । तर स्रोतका अनुसार वडा अध्यक्ष तेली एकलै मेला घुम्न गएका थिए । नगरपालिकाले आफ्नो गल्ति ढाकछोप गर्न यस्तो विज्ञप्ति जारी गरेको स्थानीयहरुले आरोप लगाएका छन् वडा अध्यक्ष तेलीले पञ्जिकरण शाखामा कार्यरत साहको नाममा नगरपालिकाबाट गाडी बुझ्न लगाई आफै प्रयोग गर्दै आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑