वीरगञ्ज । हिन्दूहरूको महान् पर्व होली नजिकिएसँगै वीरगंजमा बोइलर कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ । दुईदिन अघिसम्म प्रतिकिलो २ सयस ८० रुपैयाँ प्रतिकिलोमा बिक्रि भईरहेको कुखुराको मासु अहिले १ सय रुपैँयाले वृद्धि भई ३ सय ८० रुपैँया पुगेको हो ।
फागुन २२ गते पहाड तथा २३ गते तराईमा होली पर्व परेको छ । वीरगंजमा बोइलर कुखुराको मासु र खसीको मूल्यमा एकरूपता भने भेटिदैँन । मूल्य बढ्नुअघि २६० देखि ३०० रुपैयाँसम्ममा बिक्री भइरहेको थियो ।
अहिले एक्कासि मूल्य बढेर ३८० रुपैया पुगेको छ । एकजना बोइलर कुखुरा व्यवसायीका अनुसार होलीसम्म बोइलर कुखुराको मासुको मूल्य चार सयसम्म पुग्ने छ । त्यस्तै खसीको मासु समेत १ हजारदेखि १ हजार १ सय सम्म बिक्री गर्ने गरेको पाईन्छ ।