रौतहट ।कुमार चन्दन। रौतहटको गरुडा नगरपालिकाको नगर सभा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मधेश प्रदेशका संचार तथा गृह राज्यमन्त्री केशव राय चौधरीले उद्घाटन गरेको र दफाबार छलफलका लागि ११ विधेयक पेश भएका थिए । पेश भएका विधेयकमाथि दफाबार छलफल गरी मंगलवार सबै विधेयक पारित भएका छन् ।
गरुडा नगरपालिकाको आठौँ नगर सभामा शिक्षा विधेयक, सहकारी विधेयक, स्वास्थ्य तथा सरसफाई विधेयक, कृषि विधेयक, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि ब्यवस्था गर्न बनेको विधेयक, विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन गर्न बनेको विधेयक, गरुडा नगरपालिका स्थानीय बजार ब्यवस्थापन गर्न बनेको विधेयक, भौगोलिक क्षेत्रभित्र वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा बनेको विधेयक,
लघु घरेलु तथा साना उद्योग व्यवसाय सम्बन्धी विधेयक तथा नगर प्रहरी व्यवस्थापन सम्बन्धि विधेयक प्रस्ताव गरिएकामा सबै विधेयकमाथि दफाबार छलफल गरी विधेयकहरु सर्वसहमतिले पास भएका छन् । गरुडा नगरपालिकाले पहिलोचोटि एक साथ विभिन्न विधेयकहरु पारित गरेको हो ।