• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गाउँपालिकाको स्वीकृति लिएर मात्रै योजना सञ्चालन गर्न मधेशका मुख्यमन्त्रीलाई अनुरोधपत्र

  • वीरगंज संजाल
  • ८ फाल्गुन २०७९, सोमबार ११:०६
  • १४०१

    जनकपुरधाम | चन्द्रनगर गाउँपालिकामा कुनै पनि सरकार वा संघ संस्थाले काम गर्नुअघि पूर्वस्वीति लिनुपर्ने भएको छ । संघीय सरकार,प्रदेश सरकार वा अन्य दातृ निकायका साथै अन्तराष्ट्रिय र राष्ट्रिय संघ संस्थाले चन्द्रनगर गाउँपालिकामा कुनै पनि योजना सञ्चालन गर्नुपूर्व गाउँपालिकाको स्वीकृति लिएर मात्र योजना सञ्चालन गर्न पाउने भएको हो । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा योजना कार्यान्वयन अघि समन्वय गर्नुपर्ने अनुरोधपत्र चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतोले मुख्यमन्त्री सरोज यादवलाई बुझाउँदै कुनै पनि योजना सञ्चालन अघि गाउँपालिकासँग समन्वयन सहकार्य गरेर मात्र योजना सञ्चालन गर्न आग्रह गरेका हुन्।

    मुख्यमन्त्री सरोज कुमार यादवलाई बुझाएको अनुरोध पत्रमा भनिएको छ,‘चन्द्रनगर गाउँपालिकाको भौतिक,आर्थिक तथा मानव पुँजीको विकास गर्न प्रदेश सरकार,संघीय सरकार,सांसद विकास कोष,विकास साझेदार,निजी क्षेत्र लगायत बहुक्षेत्रीय र बहुपक्षीय सरोकारवालाहरूको लगानी,सहयोग र सहकार्यलाई चन्द्रनगर गाउँपालिका हृदयले स्वागत गर्दछ । यस चन्द्रनगर गाउँपालिकाको स्वीकृत योजना बाहेक अन्य निकायबाट यस गाउँपालिका क्षेत्रमा आयोजना कार्यान्वयन गर्दा गाउँपालिकाको कार्यालयसँग समन्वयन सहकार्य होस् ।’
    अन्नपूर्णसँग कुराकानी गर्दै अध्यक्ष महतोले पूर्वस्वीकृति लिनुपर्ने कारण खुलाउँदै भने,‘योजनासँग दोहोरोपन हुन सक्ने, गाउँपालिकाको प्राथमिकता विपरित हुन सक्ने,गाउँपालिकाको मापदण्ड बमोजिम नहुने,अभिलेखिकरण गर्न कठिनाई हुने,आयोजना प्रारम्भ भई अधुरो अवस्थामा रहने,विभिन्न निकायबाट अभिलेख/सूचना माग गर्दा गाउँ कार्यपालिकाको कार्यालयमा अभिलेख उपलब्ध नहुने र गुणस्तरको सुनिश्चितता गर्न कठिन हुने जटिल समस्याहरू हुनसक्ने भएकाले हामीले स्वीकृति बेगर कुनै पनि योजना सञ्चालन नगर्न मुख्यमन्त्रीलाई अनुरोध पत्र बुझाएका हौं ।’

    चन्द्रनगर गाउँपालिकाको पञ्चवर्षीय आवधिक योजना तयारी भई स्वीकृत भइसकेको हुँदा पालिकाको लागि योजना तर्जुमा गर्दा,बजेट विनियोजन तथा त्यस्ता योजना कार्यान्वयन गराउनु पूर्व गाउँ कार्यपालिकाको कार्यालयसँग समन्वयको लागि गाउँसभाको निर्णय भएको अध्यक्ष महतोले बताए ।
    मधेश प्रदेश सरकारका विभिन्न निकायबाट चन्द्रनगर गाउँपालिकामा विकासको लागि आयोजनाको छनौट,योजना तर्जुमा र बजेट विनियोजिन गर्दा विगतमा कुनै समन्वय सहकार्य नभएको तथा कतिपय योजना लथालिङ्ग,अलपत्र छाडिएकाले कठोरतापूर्वक अनिवार्य समन्वयनको निर्णय गाउँसभाबाट पारित गरेर कार्यान्वयनमा लगिएको जानकारी महतोले दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑