काठमाडौं । एप्पलले फोल्डेबल स्मार्टफोनका लागि नयाँ पेटेन्ट प्राप्त गरेको छ । कम्पनीले ‘इलेक्ट्रोनिक डिभाइसेस विथ डिस्प्ले एन्ड टच सेन्सर स्ट्रक्चर’ नामको पेटेन्ट दर्ता गराएको हो ।
याे पेटेन्टमा उपलब्ध विवरणअनुसार कम्पनीले एउटा फोल्डेबल स्मार्टफोनको डिजाइनबारे जानकारी उल्लेख गरेको छ । दुईओटा स्क्रिन, दुई टच सेन्सर लगायतका विवरणलाई हेर्ने हो भने एप्पलले पनि अब आफ्नो फोल्डेबल फोन निर्माण गर्न लागेकाे बुझ्न सकिन्छ ।
पेटेन्टमा उल्लेख भएअनुसार यो फोनको बाहिरी भार पूर्ण रुपमा टचस्क्रिन हुनेछ भने फोनको छेउहरू थोरै घुमाउरो हुनेछ । झट्ट हेर्दा यसको तस्वीर सामसङको ग्यालेक्सी जेड फोल्ड फोर जस्तो देखिए पनि यो फोनको बाहिरी भागमा कुनै पनि प्रकारको बटनहरू नहुने अनुमान छ ।
फोनको विषयमा अन्य जानकारी भने आउन बाँकी नै छ । कम्पनीले सन् २०२४ सम्ममा यो फोन सार्वजनिक गर्ने अनुमान छ ।