• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अदालतमा मुद्दा चल्दाचल्दै जागिरमा फुत्त

  • वीरगंज संजाल
  • ३ फाल्गुन २०७९, बुधबार ०८:५७
  • १६९३

    वीरगन्ज । सम्पत्तिको डंगुरमा पुरिएर अख्तियार लागेका कर्मचारीले फ्याटै माथ्लो दर्जामा नाम निकाले, लोकसेवा र अख्तियार हेरेको हे¥यै ! अकुत सम्पत्ति आर्जनको मुद्दा चलिरहेका भूपू नायब सुब्बाले दुईवटा संवैधानिक निकायलाई जिल्लाराम पारेर हालै अधिकृतमा नाम निकालेका छन् । ४ वर्षको जागिरे जीवनमा ४ मन्त्रीको सचिवालयमा बसेर आर्जित ६ करोड सम्पत्तिको स्रोत देखाउन नसकेपछि अख्तियारले विथ ल्याबका मालिक भीमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ ।

    २०७३ असोज १९ मा ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा वरिष्ठ व्यवस्थापन सहायक (नासुसरह) नियुक्त भई भोलिपल्टदेखि कार्यालयमा एक दिन पनि हाजिर भएनन् तर सिंहदरबारमा जागिर खाइरहे । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेदेखि, कृष्णबहादुर महरा, वर्षमान पुन, आशा कोइरालासम्मको सचिवालयमा बसे । शक्तिशाली मन्त्रीको सचिवालयमा बसेका उनलाई त्यसपछि झापा फर्कनु परेन ।

    हितराज पाण्डेसँग पाँच महिना, वर्षमान पुनसँग चार महिना, आशासँग सात महिना र वर्षमान पुनसँग साढे दुई वर्ष काम गरे र स्वैच्छिक अवकाशको बाटो रोजे, ०७७ असार ३०गते । जागिरे अवधिमा उनले वैध आम्दानी ११ लाख ५० हजार ९९१ रुपैयाँ ९० पैसा तलबबापत आर्जन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ तर चार मन्त्रीको सचिवालयमा बस्दा झण्डै ६ करोड अकुत आर्जन गरेको अभियोगसहित अख्तियारले गुल्मीको मालिका गाउँपालिका–५ का उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले हुलाकमा खरदार पत्नी विमलालाई समेत विपक्षी बनाएर मुद्दा दायर गरेपछि उनी निलम्बनमा छिन् ।

    राजीनामापछि बिध म्यानेजम्यान्ट प्रालि खोलेर आरडिटी कीट र पिसिआरको व्यापार गर्न थाले । कोभिड कालमा ओम्नी मुछिएपछि रातारात कुपण्डोलमा कार्यालय खडा गरी बिध म्यानेजमेन्ट प्रालिले सरकारी ठेक्का पट्टा हात पार्न थाल्यो । शुरूमा उनले बिध म्यानेजमेन्टमार्फत ¥यापिड डायग्नोस्टिक टेस्ट किट (आरडीटी) को व्यापार थाले । झण्डै २५ करोडको व्यापार भयो । यसका अलावा निर्वाचन आयोगसँग मिलेर हरेक निर्वाचन क्षेत्रमा सिसि क्यामेरा राख्ने नाममा थप ११ करोडको व्यापार गरे ।

    नायव सुब्बा सरहको जागिर छाडेर २ वर्षअघि बिथ ल्याबमार्फत व्यवसायमा लागेका भण्डारीले यति छोटो अवधिमा अकुत सम्पत्ति कसरी आर्जन गरे ? त्यसको स्रोत के हो ? अख्तियार खोजी नीतिमै छ । कोरोना र निर्वाचनको खेती सकिएलगत्तै भीम अधिकृत तहको परीक्षामा भिडे । लोकसेवा आयोगले विज्ञापन नम्बर १६६९५ –०७७/७८ खुलातर्फ प्रशासन सेवा सामान्य प्रशासन समूहको नतिजा सार्वजनिक गर्दा गुल्मीकै २५ जनाले शाखा अधिकृतमा नाम निकाले । त्यसमा नाम देखिएपछि जनआस्थाले जिज्ञासा राख्दा पड्किँदै भने, ‘परीक्षा दिएको थिएँ । निस्कियो होला नि ! तपाईंहरूले खेदिरहनुभएको छ, खेद्नुहोस् न, कति र कहाँसम्म खेद्नसक्नुहुन्छ !’

    यद्यपि लोकसेवाबाट नाम निकाल्ने भीमकान्त भण्डारीको ठेगना धुर्काेट ७ गुल्मी उल्लेख गरिएको छ । विशेषमा मुद्दा परेका भीमकान्तको पु्ख्र्याैली ठेगानाचाहिँ मालिका गाउँपालिका–५ उल्लेख छ ।
    यता, विशेष अदालतमा मुद्दा चलिरहेको व्यक्तिले लोकसेवा भिडेर नाम निकालेको जिज्ञासा राख्दा अख्तियारका पदाधिकारीहरूले ‘आफ्नो कार्यक्षेत्र भित्र नपर्ने’ जवाफ दिएका छन् । लोकसेवाका पदाधिकारीले चाहिँ विशेषमा मुद्दा चलिरहेको भए पनि फैसला नभइसकेको र अदालतले भ्रष्ट ठहर गरेपछि आयोगमा उजुरी परेको खण्डमा मात्र नियुक्ति प्रक्रिया रोकिने’ प्रतिक्रिया दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑