• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वनका हाकिमलाई सालक जोगाउने हुटहुटी

  • वीरगंज संजाल
  • ३ फाल्गुन २०७९, बुधबार ०८:५३
  • १२८५

    वीरगंज | सरकारी हाकिम भन्नासाथ सामान्य मानिसको दिमागमा नकारात्मक सोच आइहाल्छ । सरकारी जागिरबारे नेपालीमा पहिलेदेखि प्रचलित एउटा उखान छ : राजाको काम, कहिले जाला घाम । तर, मकवानपुरका एकजना सरकारी हाकिमका पछिल्लो एक वर्षको दौडधूप र तदारुकता देख्दा उक्त उखान सोह्रै आना गलत ठहरिन्छ । उनका गतिविधिले सरकारी कार्यालय पनि यस्तो हुन्छ र ? अनि, सरकारी कर्मचारी पनि यत्तिका मिहिनेती होलान् र ? भन्ने प्रश्न उब्जिन्छ ।

    मकवानपुरका दार्शनिक नेता रुपचन्द्र बिष्टका अनुयायीसमेत रहेका डिभिजन वन कार्यालय राप्ती, मनहरीका प्रमुख विष्णुप्रसाद आचार्य त्यस्तैमध्येका एक जना सरकारी कर्मचारी हुन् । मकवानपुरबासी समेत रहेका उनी अहिले मकवानपुरलाई चिनाउने दारको ठेकीको पहिचान घट्दै गइरहेको सन्दर्भमा मकवानपुरमा पाइने लोपोन्मुख वन्यजन्तु सालक (गाउँघरमा सालक माछा पनि भनिन्छ) को संरक्षणमा जुटेका छन् ।

    उक्त अभियानमा लागिपरेका आचार्य सालकलाई मकवानपुरको पहिचान बनाउने अभियानमा होमिएका हुन् । मकवानपुरका ६० वटाभन्दा बढी सामुदायिक वनमा पाइने यो जीवले किसानको कुनै पनि हानी नोक्सानी नगर्ने बरु किसानको सारथीको रुपमा रहने गरेका पाइएको छ । तर यहि जीवको दिनानुदिन शिकार भइरहेको सन्दर्भलाई जोडेर अहिले राप्ती डिभिजन वन कार्यालयले सालक संरक्षणमा जोड दिइरहेको छ । आगामी शनिबार पर्ने सालक दिवसलाई तीन दिन लगातार मनाउने तयारी गरिएको छ । कार्यालयले सालकलाई मकवानपुरको गौरवको जनावरको रुपमा घोषणा गर्ने तयारीसमेत गरेको छ ।

    जिल्लाका दुर्गम गाउँबस्तीमा सालक संरक्षणसँगै चिउरी, चमेरो र चेपाङबीचको सम्बन्धलाई आर्थिकोपार्जनसँग जोड्न पहल गरिएको छ । त्यसैगरी मौरीपालन व्यवसायलाईसमेत अघि बढाउनेतर्फ डिभिजन वन कार्यालयका प्रमुख आचार्यले निरन्तर ध्यान दिइरहेको बताए । ‘हाकिम बनेर अफिसमै बसिरहने हो वा वन संरक्षणसँगै वन पैदावारको अधिकतम उपयोग गरी वनबाटै समृद्धि खोज्न भूमिका खेल्ने हो, हामी आफंैले बुझनुपर्ने कुरा हो’, उनले भन्ने ।

    आफ्नो कार्यक्षेत्रका अधिकांश सामुदायिक वनमा पुग्ने, दुर्लभ प्रजातिका वनस्पतिहरुको संरक्षण र वृद्धिका लागि भूमिका खेल्ने कार्यमा हाकिम निरन्तर लागिपरेका छन् । मकवानपुरमा हराउँदै गएको र मादल बनाउन प्रयोग हुने छतिवनको रुख, सतिसाल, पौराणिककालीन अशोकको बगैंचा जस्ता वनस्पतिहरुको संरक्षणमा उनले अभियानलाई जोड दिएका हुन् ।

    केही समयअघि ‘वातावरण शिक्षा’ नामको पुस्तक प्रकाशन गरी विद्यालय तहमा समेत पाठ्यसामग्रीको रुपमा वितरण गरिएको उनले जानकारी दिए । पछिल्लो समय सालकलाई मकवानपुरको गौरवको जीवको रुपमा घोषणा गर्न राजनीतिक तहबाट पनि पहल गराउने, सालक सम्बन्धी अनुसन्धानहरु गर्ने, स्थानीय सरकारलाई सालक संरक्षणका लागि थप जिम्मेवार बनाउन अनेकौं क्रियाकलापहरु गर्ने गराउने कार्यमा कार्यालय प्रमुख आचार्यको दैनिकी बितिरहेको छ । हालै सालक संरक्षण सम्बन्धी गीत रेकर्ड गरेर आगामी सालक दिवसको सन्दर्भमा सार्बजनिक गर्ने कार्यक्रम रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑