गत फेब्रुअरी ४ मा अमेरिकी आकाशबाट खसाइएको चिनियाँ बलूनबाट महत्त्वपूर्ण विद्युतीय उपकरण निकालिएको अमेरिकी सेनाले घोषणा गरेको छ ।
सूचना संकलनका लागि उपयोग गरिएको हुन सक्ने महत्त्वपूर्ण सेन्सरका टुक्राटाक्री आफूहरूले फेला पारेको अमेरिकी सेनाको नर्दन कमान्डले सोमवार जानकारी दिएको हो ।
गत साता अमेरिकी जलसेनाका कर्मचारीले आन्ध्र महासागरको चिसो पानीबाट चिनियाँ बलूनका भग्नावशेष निकालेका थिए ।
चीनले त्यो बलून जासूसी नभएको र मौसमको निगरानीका लागि पठाइएको बताएको छ ।
विगत १० दिनमा अमेरिकी आकाशबाट खसाइएका चारवटा वस्तुमध्ये त्यो बलून एक हो ।
बलून खसाइएको प्रकरणले वाशिङटन र बेइजिङबीचको सम्बन्ध थप बिगारेको थियो ।