जपानले आफ्नो जलक्षेत्रमा चिनियाँ नौसैनिक जहाज प्रवेश गरेकोमा चीनसमक्ष कूटनीतिक विरोध जनाएको छ।
यसअघि जापानको रक्षा मन्त्रालयले चिनियाँ नौसेनाको एक सर्वेक्षण जहाज आइतबार बिहान याकुशिमा टापुको दक्षिणतर्फ गएको जनाएको थियो।
पछिल्लो एक वर्षभन्दा कम समयमा चिनियाँ जहाज जापानको जलक्षेत्रमा प्रवेश सातौंपटक प्रवेश गरेको छ।
अधिकांश चिनियाँ जहाज सेन्काकु टापु नजिकै भेटिएका छन्।
जापानको नियन्त्रणमा रहेको यस द्वीपसमूहमा चीनले धेरै वर्षदेखि दाबी गरिरहेको छ। बीबीसी