उदयपुरको त्रियुगा नगरपालिका –८ पानी ट्याङकी बस्ने दिर्गमाया खड्काको घरमा शनिबार विद्युत सर्ट भई आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, लगायतका सरसामान जलेर नष्ट भएको छ । आगलागीबाट करिब १४ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिए पनि घरभित्रको सामान जोगाउन नसकिएको बताएको छ । घटनाबारे अध्ययन भइरहेको प्रहरीको भनाइ छ ।