• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरीमाथि गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद

  • वीरगंज संजाल
  • २७ माघ २०७९, शुक्रबार १८:२३
  • २००९

    राजविराज । सप्तरीमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद सजाय भएको छ।जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशबाट खडक नगरपालिका-९ का ४१ वर्षीय पशुपती चौधरी र खडक नगरपालिका-३ का ३७ वर्षीय सागरबाहु भनिने अशोक साहलाई बिहीबार १२ वर्ष कैद सजाय भएको हो। आरोपितहरूलाई ज्यान मार्ने उद्योगको कसूरमा आठ वर्ष र संगठित अपराधअन्तर्गतको कसूरमा चार वर्ष गरी १२ वर्ष कैद सजाय भएको अदालतका सूचना अधिकारी भरत पोखरेलले बताए। चौधरी नेपाली सेनामा १० वर्षसम्म कार्यरत रही भलिबलका राष्ट्रिय खेलाडी रहिसकेका थिए। नेपाली सेना छाडेपछि उनी सशस्त्र समूहमा संलग्न रहेको प्रहरीको दावी छ। खडक नगरपालिका-८ बिसनपुर चोकमा ०७५ माघ २ गते राति गस्तीमा रहेका बेला प्रहरी चौकी विसनपुरमा कार्यरत सुनसरीको कोशी गाउँपालिका-६ श्रीपुर जब्दीका ३६ वर्षीय प्रहरी हवल्दार यादवमाथि गोली प्रहार भएको थियो। घटनास्थलमा सशस्त्र समूह सिजन नेतृत्वको प्रगतीशील तराई मुक्ति मोर्चाको पर्चा र गोलीको खोका भेटिएको थियो। काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पीडितको शल्यक्रिया गरी गोली निकालेर उपचार भएको छ।

    पीडितको कम्मरभन्दा मुनिको भाग चल्दैन। प्रहरीले चौधरीलाई ०७५ माघ ७ गते हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी व्यारेजबाट पक्राउ गरेको थियो। जिल्ला अदालतको आदेशमा आरोपित चौधरी २०७७ चैत १२ गतेदेखि पुर्पक्षमा लागि राजविराज कारागारमा थुनामा छन्। जिल्ला अदालतमा २०७८ असार २९ गते हाजिर भएकै दिन साहलाई अदालतले पाँच लाख रुपैयाँ धरौटीमा राखी पुर्पक्ष गर्न आदेश दिएको थियो। आरोपितले धरौटी रकम बुझाउन नसकेपछि थुनामा छन्। अन्य आरोपितहरू सिरहा धनगढीमाई नगरपालिका-५ का २६ वर्षीय सिजन भनिने रामकुमार यादव र भारत बिहार राज्य मधुबनी जिल्ला अनुमण्डल फुलप्रासका ३३ वर्षीय साकिर मियाँविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ। आरोपितहरु सशस्त्र समूह सिजन नेतृत्वको प्रगतीशील तराई मुक्ति मोर्चाको कार्यकर्ता रहेको प्रहरीको दावी छ। घटनामा आरोपित भनिएका सुरुङ्गा नगरपालिका-६ कडरबोनाका ३० वर्षीय दिपेश जायसवाल भनिने दिपेन्द्र चौधरीलाई प्रहरीले २०७५ माघ ९ गते विहान रूपनी गाउँपालिका-१ स्थित राजविराज आउने सडक खण्डमा गोली प्रहार गरी हत्या गरेको थियो। मृतकको साथबाट प्रगतिशील तराई मुक्ती मोर्चाको पर्चा, कटुवा पेस्तोल र गोली फेला परेको भन्दै प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनु परेको बताएको थियो। चौधरीका परिवारका सदस्य, गाउँलेहरू र राजपा नेपाल आबद्ध राष्ट्रिय विद्यार्थी संघले प्रहरीले नियन्त्रणमा लिएर मुठभेंडको नाटक मञ्चन गरी हत्या गरेको भन्दै २०७५ माघ १० गते राजविराजमा प्रदर्शन गरेको थियो।

    आरोपितहरुमाथि २०७२ पुस २० गते राजगढ गाउँपालिकाको नर्घोस्थित झौराहा चोकमा झुटकी प्रहरी चौकीका असई रमेश सुब्बाको गोली हानी हत्या गरेको, २०७४ साउन २१ गते इलाका प्रहरी कार्यालय कडरबोनाको गाडीलाई लक्षित गरी प्रेसर कुकर बम विस्फोट गराएको, २०७४ असोज २४ गते सुरुंगा नगरपालिका-६ स्थित त्रियुगा डिस्ट्रिलरीका सुरक्षा गार्ड नवराज कोइरालाको गोली हानी घाइते बनाएको लगायतका घटनामा संलग्नता रहेको प्रहरीको आरोप छ। जनता नि.मा.वि.मा जुवा खेलाउँदै गरेको भन्दै प्रहरीलाई गलत सूचना दिएपछि त्यसतर्फ जाँदै गरेको प्रहरी चढेको भ्यानलाई पोखरीको डिलको साँघुरो कच्ची बाटोमा पुग्दा प्रेसर कुकर बम विष्फोट गराई क्षति पुर्‍याएको थियो। लगत्तै मोबाइलबाट प्रहरी प्रमुखको नम्बरमा ‘प्रगतिशील तराई मुक्ति मोर्चा जिन्दावाद, यो घटनाको जिम्मा हाम्रो’ भन्ने व्योहोराको म्यासेज प्राप्त भएको थियो। उक्त घटनापछि २०७४ भदौ ७ गते सुरुंगा-६ स्थित त्रियुगा डिष्ट्रीलरीका प्रबन्धकलाई फोनमार्फत् प्रगतिशील तराई मुक्ति मोर्चाको सिजन भन्ने व्यक्तिले फोन गरी ‘इलाका प्रहरी कार्यालय कडरबोनाको गाडी उडाएको थाहा छैन ? विचार गर्नु होला’ भन्दै चन्दा मागेको प्रहरीले जनाएको थियो। त्यसपछि त्यही डिष्ट्रिलरीका सुरक्षा गार्ड मोरङ घर भएका कोइरालालाई ड्युटीमा रहेका बेला गोली प्रहार गरी घाइते बनाइएको थियो। असई सुव्वालाई गोली हानी हत्या गरेको घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो। सोही समूहबाट छुट्टिएका व्यक्तिहरूले नै प्रगतिशील तराई मुक्ति मोर्चा (सिजन) समूह बनाएर सशस्त्र गतिविधि गरिरहेको प्रहरीको अनुमान छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑