आज बिहान रुकुम केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रुकुमको स्यालाखदीलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान ८:५२ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
यो भूकम्प सानो भएकाले केन्द्रबिन्दु आसपासका क्षेत्रमा मात्र धक्का महसुस हुने केन्द्रका वरिष्ठ भूभर्गविद् लोकविजय अधिकारीले जानकारी दिए।
भूकम्पबाट कुनै क्षतिको खबर नआएको जानकारी पनि उनले दिए।