वीरगंज ।रामनिवास पटेल। वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको नेपाल राष्ट्रिय आधारभुत विधालयमा अध्ययनरत बालबालिकालाई परिवर्तन फाउन्डेशन नेपाल संस्थाद्वारा जुत्ता वितरण कार्यक्रम सम्पन भएको छ ।
परिवर्तन फाउन्डेशन नेपाल संस्थाद्वारा नेपाल राष्ट्रिय आधारभुत विधालयको कक्षा २ मा अध्ययनरत ३४ जना बालबालिकाहरुलाई एक एक जोर जुत्ता वितरण गरेको हो । वडा अध्यक्ष मनोज कुमार यादवको विशेष पलहमा बिहीबार संस्थाका पदाधिकारी र सदस्यहरुले विधालयमै पुगेर बालबालिकाहरुलाई जुत्ता वितरण गरेका हुन् ।
कार्यक्रममा परिवर्तन फाउन्डेशन नेपाल संस्थाका अध्यक्ष रणधीर बर्णवाल , केषाध्यक्ष सुशील पटेल , सदस्य बालेश्वर जयसवाल , अतुल पटेल, विधालयका प्रधानाध्यापक , शिक्षक , स्थानीय समाजसेवी लगायतको पनि उपस्थिती रहेको थियो ।