काठमाडौं । मोरङमा स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१९ मा बस्दै आएका ४१ वर्षीय रञ्जितकुमार साह छन् ।
विराटनगर–१०, सोमबारे चोकबाट स्रोत नखुलेको नौ लाख २० हजार रुपैयाँसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले बीआर३८एन ४९३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा त्यसमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको जनाइएको छ ।