• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नौ वाणिज्य बैङ्कलाई कारबाही

  • वीरगंज संजाल
  • २६ माघ २०७९, बिहीबार १२:१२
  • १८४१

    वीरगंज । नेपाल राष्ट्र बैङ्कले नौ वाणिज्य बैङ्कलाई नगद जरिवाना तथा सचेत गराएर कारबाही गरेको छ । सम्पत्ति शुद्धीकरणलगायत वित्तीय नियामकीय प्रावधान कार्यान्वयनमा अटेरी गरेपछि राष्ट्र बैङ्कले ती वाणिज्य बैङ्कका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई जरिवाना र सचेत गराएको हो । राष्ट्र बैङ्कले बुधबार सूचना जारी गर्दै चार वाणिज्य बैङ्कलाई नगद जरिवाना र अन्यलाई सचेत गराएको हो । बैङ्कले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन, राष्ट्र बैङ्कको एकीकृत निर्देशन बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐनका विभिन्न प्रावधानदेखि कर्जा सूचना तथा कालोसूचीसम्बन्धी विभिन्न प्रावधान उल्लङ्घन गरेको पाइएकाले यस्तो कारबाही गरिएको राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था सुपरिवेक्षण विभागले जनाएको छ ।

    सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको पालना नगरेको कसुरमा प्रभु, कुमारी, साबिक बैङ्क अफ काठमाण्डू र प्राइम कमर्सियल बैङ्क ५०/५० लाख रुपियाँ जरिवानामा परेका छन् । प्रभु बैङ्कलाई कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्था पालना नगरेको कसुरमा पनि सचेत गराइएको छ । केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले माछापुच्छे« बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई जोखिम भारित सम्पत्ति गणना नगरेका कारण पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेस नगरेको अभियोगमा कारबाहीस्वरूप सचेत गराएको छ । सो बैङ्कलाई ऋण प्रवाहपश्चात् एकीकृत निर्देशनको प्रावधानविपरीत हुने गरी प्रिमियममा चलखेल गरेकामा पनि सचेत गराइएको छ । प्रिमियममा निर्देशनविपरीत चलखेल गरेको पाइएपछि साबिकको नेपाल इन्भेस्टमेन्ट बैङ्क (हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क) र सिभिल बैङ्क पनि कारबाहीमा परेका छन् ।

    बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशनअनुसार एक पटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी ऋण उपलब्ध गराएपश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः बढाउन पाइँदैन तर राष्ट्र बैङ्कले गरेको अध्ययनका क्रममा ती बैङ्कले यस्तो प्रावधान उल्लङ्घन गरेको देखिएपछि यी बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।त्यस्तै सानिमा बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को प्रावधानविपरीत थप सुविधा दिएको भन्दै कारबाही गरिएको छ । नबिल बैङ्कलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थाअनुसार ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नगरेको भन्दै सचेत गराइएको केन्द्रीय बैङ्कले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑