सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको छलफलपछि भोलि बैठक बोलाउने सहमति भएको हो ।
बालकोटबाट बाहिरिँदै प्रचण्डले उच्चस्तरीय संयन्त्रको बैठक बोलाउने छलफल भएको जानकारी दिए ।
संयन्त्रको बैठकमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, उम्मेदवारी तथा समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।