• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    क्रिकेटको ‘स्पट फिक्सिङ’ प्रकरणमा वीरगन्जबाट पनि एक क्रिकेटर पक्राउ

  • वीरगंज संजाल
  • २५ माघ २०७९, बुधबार ०८:३३
  • ६३४१

    वीरगंज । काठमाण्डौमा गत पुसमा सम्पन्न नेपाल टी–२० क्रिकेट लिगमा भएको ‘स्पट फिक्सिङ’ प्रकरणमा संलग्न भएको आरोप लागेका मध्ये थप एक जना क्रिकेटर वीरगन्जबाट पक्राउ परेका छन् । उक्त प्रकरणमा सलग्न रहेको आरोप लागे ११ जना मध्ये थप एक जना क्रिकेटर वीरगन्जबाट पक्राउ परेका हुन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ बसपार्क निवासी नितेश गुप्तालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत आइतबार वीरगन्जबाटै पक्राउ गरेको हो । गत आइतबार काठमाण्डौबाट वीरगन्ज आएको सिआइबीको टोलीले गुप्तालाई पक्राउ गरि त्यहि दिन काठमाण्डौ लिएर गएको प्रहरी श्रोतले जनाएको छ । जिल्ला क्रिकेट संघ पर्साका अध्यक्ष दाउद अन्सारीले ‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा वीरगन्जबाट गुप्ता पक्राउ परेको खबर आफुले पनि सुनेको तर यस बारे विस्तृत जानकारी भने आफुलाई नभएको बताए ।

    नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य समेत रहेका अन्सारीले भने ,‘ गुप्ता वीरगन्जको कुन टिमबाट खेल्थे त्यो मलाइ जानकारी भएन , तर सिआइबीले उनलाई पक्रेर काठमाण्डौ लगेको खबर मैले पनि सुनेको छु । पर्साका प्रहरी उपरिक्षक कोमल शाहले भने तीन दिन पहिले काठमाण्डौबाट सिआइबीको एक टोली वीरगन्ज आएको तर कुन प्रायोजनका लागि आएको बारे आफुलाइ नबताएको बताए । शाहले भने ,‘ सिआइबीको टिम वीरगन्ज आएको थियो, केहि परयो भने प्रहरीको सहयोग चाहिन्छ मात्र भन्यो , त्यसपछि मसंग कुनै सम्पर्क भएन । वीरगन्जका एक क्रिकेटररका अनुसार , पक्राउ परेका गुप्ता १२ कक्षा सम्म पढ्दा वीरगन्जको ग्लोबल कलेजको टिमबाट स्थानीय स्तरका प्रतियोगितामा खेल्ने गर्दथे । १२ कक्षा पास गरेपछि उनि भारतको दिल्लीमा गएर केहि समय क्रिकेटको प्रशिक्षण लिएर हालै वीरगन्ज फर्किएका थिए ।

    सिआइबी श्रोतका अनुसार , नेपाली राष्ट्रिय क्रिकेट टिमकै एक जना क्रिकेटरसँग गुप्ताको राम्रो सम्बन्ध थियो । त्यही सम्बन्धका आधारमा गुप्ताले एक जना भारतीय नागरिकले अह्राए अनुसार राष्ट्रिय टोलीका क्रिकेटरलाई फिक्सिङका लागि ‘हिट विकेट’ गर्न एप्रोच गरेको अनुसन्धानका क्रममा खुलेको थियो । तर, राष्ट्रिय टिमका ती क्रिकेटरले सदस्यले गुप्ताको प्रस्ताव मानेका थिएनन् । बरु उनले अन्तर्राष्ट्रिय क्रिकेट कमिटी (आईसीसी) को एन्टी करप्सन युनिट (एसीयू) लाई यस बारे खबर गरेको र उनले दिएकै सूचनाका आधारमा गुप्ताको संलग्नता खुलेको ब्यूरो स्रोतले जनाएको छ । यसअघि सीआईबीले स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा माघ १० गते राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । सीआईबीका अनुसार फिक्सिङमा ११ जनाको संलग्नता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑