आज:
  • होमपेज / Breaking News

    ओलीले गृह रास्वपालाई नै दिन दबाब बढाएपछि प्रचण्डको प्रश्न– मेरो पार्टीका कुनै सांसदलाई प्रधानमन्त्री स्वीकार्नुहुन्छ ?

  • वीरगंज संजाल
  • २२ माघ २०७९, आईतवार १३:५८
  • १७१७

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयसम्म पनि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिन प्रधानमन्त्रीमाथि दबाब बढाएका छन् ।

    पटक पटक भएको भेटमा उनले यस्तो अडान नछाडेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    स्रोतले दिएको जानकारीअनुसार ओलीले राष्ट्रपतिकहाँ हस्ताक्षर बुझाउन जानुअघिको सहमति पूर्ण कार्यान्वयन हुनुपर्ने बताएका थिए ।

    त्यस्तो अवस्थामा राष्ट्रपति एमालेले पाउनेछ भने गृह मन्त्रालय रास्वपाले नै पाउनेछ ।

    तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कुनै पनि हालतमा रास्वपालाई गृह मन्त्रालय दिन तयार नभएको स्रोतको दाबी छ ।

    प्रधानमन्त्री दाहालले अर्को कुनै मन्त्रालय दिन तयार रहेको तर रोजाइको मन्त्रालय दिन नसकिने अडान कायमै राखेका थिए ।

    स्रोतले दिएको जानकारीअनुसार ओलीले गृह मन्त्रालय माओवादीले नै राख्ने भए भौतिक योजना तथा पूर्वाधार मन्त्रालय रास्वपालाई दिन भनेका थिए ।

    “हामीले गृह मन्त्रालय रास्वपालाई नभएर रविलाई हेरेर दिएका थियौँ,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “अहिले रवि सांसद पनि नभएको अवस्थामा उनलाई सरकारमा सहभागी गराउने कुरा कठिन छ । रास्वपाका अर्का व्यक्ति पठाउने भए अर्को कुनै मन्त्रालय दिन सकिन्छ,” दाहालको भनाई थियो ।

    ओलीले भने रास्वपाले जसलाई पठाए पनि गृह मन्त्रालय दिनुपर्ने अडान राखेपछि दाहालले असन्तुष्टि जनाउँदै प्रश्न गरेका थिए– त्यसो भए हाम्रो पार्टीका कुनै पनि सांसदलाई प्रधानमन्त्री स्वीकार्न तयार हुनुहुन्छ ?”

    शनिबार बिहान भएको भेटमा पनि गृह मन्त्रालयका विषयमा सार्वजनिक टिप्पणी नगर्ने भनिए पनि विराटनगर पुगेर ओलीले रास्वपाले नै पाउनुपर्ने गरी दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री दाहालले आपत्ति जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑