आज:
  • होमपेज / Breaking News

    रानी-किमाथांका सडकमा पर्ने घर भत्काउन थालियो

  • वीरगंज संजाल
  • २२ माघ २०७९, आईतवार १२:१२
  • २२७३

    विराटनगर । रानी-विराटनगर-इटहरी-किमाथांका व्यापारिक मार्गअन्तर्गत इटहरी वडा नम्बर ६ भित्र पर्ने घर भत्काउन सुरू भएको छ ।

    त्रिदेशीय ६ लेन सडकमार्गको राइट अफ वेभित्र पर्ने घर भत्काउन अन्तिम अल्टिमेटम दिए पनि घरधनीले घर भत्काएका छैनन् ।

    इटहरी बजारको मुख्य चोकभन्दा दक्षिणतर्फ सडकको क्षेत्रभित्र पर्ने घर नभत्काएपछि सडक विस्तारको काम प्रभावित भएको छ ।

    सडकको क्षेत्रमा पर्ने घरधनीसँग दुवैतर्फ १५–१५ मिटर विस्तार गर्ने निर्णय भएको थियो । सहमतिअनुसार घर नभत्काउँदा सडक विस्तार हुन सकेको छैन ।

    अटेर गरे ती घरहरू पनि डोजर लगाएर भत्काउने इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । उनले घरमा रहेका व्यापारीलाई पसल अन्यत्र सार्न अनुरोध गर्दै विकासमा बाधक नबन्न आग्रह गरेका छन् ।

    इटहरी उपमहानगरपालिका-९ मा सडकको क्षेत्राधिकार भित्र पर्ने १४ वटा घर डोजर प्रयोग गरी भत्काइसकिएको छ ।

    सोही लाइनको इटहरीकै पुरानो क्लबले पनि आफ्नो भवन भत्काएको छ । त्यस्तै स्थानीय राजकुमार भुजेलले पनि आफू सडक विस्तारको बाधक नभएको भन्दै आफ्नो घर आफैले भत्काएका छन् । तर, केही घरधनीहरूले भने मुआब्जा नपाए सम्म घर भत्काउन नदिने भन्दै आएका छन् ।

    इटहरी- ६ का केही घर भत्काउन अल्टिमेटम दिएको र अटेर गरे ती घरमा पनि डोजर लगाइने मेयर पौडेलले बताए ।

    इटहरीको मुख्य चोकदेखि उत्तर तरहरातर्फ ६ लेन सडकको काम सकिए पनि दक्षिणी क्षेत्र विराटनगर लाइनमा भने बाँकी नै छ । ६ लेन सडक विस्तार आयोजनाका अनुसार इटहरी बजारदेखि उत्तरतर्फ सेनाको मुख्यालयसम्म २०-२० मिटर सडक विस्तार गर्न घर भत्काउनु पर्दैन ।

    फुटपाथ बनाउन भने घर पनि भत्काउनुपर्छ । तर, अहिले त्यो काम अघि बढेको छैन ।

    २०६९ /०७० बाट सुरू भएर सात वर्षभित्रमा ६ लेन सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो । पछिल्लो समय थप गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑