• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    झापामा १४६ जनाले पाए धनीपुर्जा

  • वीरगंज संजाल
  • २० माघ २०७९, शुक्रबार १४:५८
  • १६१३

    विष्णुप्रसाद पोखरेल

    दमक, माघ २० गते। झापाको दमक नगरपालिकामा पहिलो पटक राष्ट्रिय भूमि आयोग झापाको समन्वयमा २७ जना भूमिहीनले धनीपुर्जा पाएका छन्। दमकको वडा नम्बर १० का २७ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिनुभयो।

    वितरण गरिएका जग्गा धनीपुर्जा पाउनेमा दुई दलित सुकुम्बासी, भूमिहीन १० र अव्यवस्थित बसोबासीका रुपमा १५ परिवार रहेको थापाले जानकारी दिनुभयो। ‘यो धनीपुर्जा वितरणको सुरुवात हो । हामीले आठ हजारभन्दा बढीलाई निस्सा वितरण गरिसकेका छौं’, नगरप्रमुख थापाले भन्नुभयो।

    धनीपुर्जा वितरणका लागि झापाको दमक आउनुभएका आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले आयोगले तीव्र रुपमा काम गरिरहेको बताउँदै जग्गा धनीपुर्जा वितरणको काम अब देशभर निरन्तर रहने बताउनुभयो। ‘भूमिहीन सबैले जग्गा पाउने अवस्था आउँछ’, उहाँले भन्नुभयो।

    आयोगले कामलाई तीव्रता दिइरहेको र निस्सा पाएका जग्गाधनीले चाँडो धनीपुर्जा पाउने अवस्था सिर्जनाका लागि स्थानीय सरकारसँग समन्वय गरेर अघि बढिरहेको पनि उहाँको भनाइ छ। झापा नगरपालिकामा नै आयोगको सम्पर्क कार्यालय बनाएर काम भइरहेको छ।

    झापामा अहिलेसम्म १४६ परिवारलाई धनीपुर्जा

    यसैगरी राष्ट्रिय भूमि आयोग झापाले अहिलेसम्म जिल्लाका १४६ भूमिहीन परिवारलाई जग्गा धनीपुर्जा वितरण गरेको जानकारी गराएको छ। गौरादह नगरपालिकामा ५०, कन्काई नगरपालिकामा २७, बुद्धशान्ति गाउँपालिकामा ४२ र दमक नगरपालिकामा २७ गरेर १४६ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिसकिएको छ।

    आयोगका जिल्ला अध्यक्ष तिलक पाण्डेका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा आयोगले काम गरिरहेको छ। अधिकांश पालिकामा जग्गाको भोगचलन गर्दै आएकाले निस्सा पाइसकेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑