काठमाडौँ । एक करोड १९ लाख लाख बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको आदेशले बैंकिङ कसुर मुद्दामा एक करोड उन्नाईस लाख त्रिहत्तर हजार छ सय रूपैयाँ विगो भई फरार रहेका सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर १७ ४३ वर्षीय भुवनबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको बिशेष टोलीले उनलाई नयाँ बानेश्चरबाट पक्राउ गरी आजै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको हो ।