काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता राख्नुपर्ने सुझाव दिएको छ ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले रवि लामिछानेको मुद्धाको विषय बाँकी भएकाले धैर्यता राख्नुपर्ने बताएका हुन् ।
उनले भने- ‘हाम्रो धारणा हिजो नै भनिसके, राष्ट्रिय स्वतन्त्र पार्टीले अझै धैर्यता राख्नुपर्छ । उसको मुद्दाकोको पूर्णपाठ आएको छैन । मुद्दा सिद्धिएको पनि छैन । मन्त्रीमण्डलमा के गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी नै छ । त्यसकारण त्यो बिषय हाम्रोलाई चर्चाको होइन।’
प्रवक्ता महराले एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले गृहमन्त्रालय पाउनुपर्छ भनेको विषयले सत्ता गठबन्धनमा कुनै समस्या पैदा नभएको बताए ।