• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    माओवादीले तीन महिने अभियान चलाउने

  • वीरगंज संजाल
  • १७ माघ २०७९, मंगलवार १५:५६
  • १८२५

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण र परिचालन सम्बन्धी तीन महिने अभियान चलाउने भएको छ । पार्टी महासचिव देव गुरुङले तयार गरेको प्रतिवेदनमा संगठन परिचालनका सम्बन्धमा तीन महिने अभियान चलाउने प्रस्ताव गरेका हुन् ।

    ‘अब तीन महिने कार्यक्रम बनाएर सबै केन्द्रीय सदस्य, जनवर्गीय संगठनका नेता र पार्टी सदस्यहरु जनताको बीचमा जाने भन्ने प्रस्ताव गरिएको छ । तीन महिनासम्म जनताकै बीचमा जाने, जनताका विकास निर्माण तथा योजनाका काम गर्ने र जनताको दुख सुखसँग साझेदारी भई काम गर्नुपर्ने छ,’ पार्टी सचिव दिनानाथ शर्माले भने, ‘जनताकै बीचमा आटो मिठो खाने, ढिँडो फाँडो खाएर काम गर्ने भन्ने छ । यतै काठमाडौं सिंहदरबार र मन्त्रालय धाउने होइन । सदरमुकाम पनि बस्ने होइन गाउँमै बसेर संगठन निर्माणमा लाग्ने भन्ने छ ।’

    अब सबै केन्द्रीय सदस्यहरु गाउँमै बसेर जनताका काममा जोडिनु पर्ने प्रस्ताव गरिएको शर्माले बताए । केन्द्रीय सदस्यहरुले थानकोट काटेर काठमाडौं पस्न समेत नपाइने उनले बताए । सरकारका काम कारबाहीलाई जनतासँग जोडेर काम गर्न नेताहरु परिचलान हुनुपर्ने भएको छ । पार्टीका अधिकांश नेताहरु काठमाडौं र सदरमुकाम मात्रै बस्दा संगठन बिग्रेको निष्कर्ष निकाल्दै माओवादीले तीन महिने अभियान चलाउन लागेको हो ।

    महासचिव गुरुङले संगठनिक कार्ययोजनासहित सबै रिपोट तयार गरी सकेका छन् । पार्टी संगठनिक योजनासहिको रिपोट बुधबार पदाधिकारी बैठकबाट फाइनल गरेर स्थायी समिति बैठकबाट अनुमोदन हुने भएको छ । पार्टी नेताको कार्यविभाजन र संगठनिक योजनाका विषयमा स्थायी समितिबाट निर्णय हुने शर्माले बताए ।

    ‘पार्टीका सबै संगठनलाई कसरी सक्रिय बनाउने भन्ने पनि योजना बनाएको छ । कसैलाई धेरै जिम्मेवारी हुने कसैलाई केही नहुने भन्ने हुँदैन । सबैले जिम्मेवारी पाउँछन्,’ शर्माले भने, ‘अब केन्द्रीय सदस्यसहित पोलिटब्युरो स्थायी समिति सबैको जिम्मेवारी तोकिने छ ।’

    पार्टीको पोलिटब्युरो र केन्द्रीय समितिलाई समेत पूर्णता दिने माओवादीले तयारी गरेको छ । पार्टीको संगठन विभाग, स्कुल विभागसहित ३० भन्दा बढी विभागको नेतृत्व समेत फाइनल हुने भएको छ ।

    ‘पार्टी र जनवर्गीय संगठनलाई कत्रो बनाउने ? कस्तो बनाउने हो ? पार्टीको भावी योजना के हुने हो । आगामी तीन महिने कार्ययोजनामा समेटिएको छ,’ शर्माले भने, ‘अब संगठन तन्दुरुस्त बनाउने गरी योजना तयार गरेर कार्ययोजनामा जाने भन्ने छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑