• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेताहरुको स्वार्थले लोसपा गठन भएको डेढ वर्ष बित्दापनि बनेन केन्द्रीय समिति

  • वीरगंज संजाल
  • १७ माघ २०७९, मंगलवार १५:३४
  • १५७७

    काठमाडौँ । महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन भएको डेढ वर्ष बितिसक्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन । डेढ वर्षदेखि लोसपा केन्द्रीय समिति बिनै सञ्चालन भइरहेको हो ।

    जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अलग भएर ठाकुरले २०७८ भदौ २ गते निर्वाचन आयोगमा लोसपा दर्ताका लागि निवेदन दिएका थिए । भदौ ९ गते दलको मान्यता प्राप्त गर्दा आयोगमा ३३ सदस्यीय कार्यकारिणी समिति सदस्यको नामावली बुझाइएको थियो ।

    हालसम्म सोही समितिबाट पार्टी सञ्चालन भइरहेको हो । ३३ सदस्यीय कार्यकारिणी समितिमा रहेका नेताहरूमध्ये तीन जनाले त पार्टी नै छाडिसकेका छन् । विधानअनुसार कार्यकारिणी समिति ५२ सदस्यीय रहेको भनिएकामा त्यसलाई समेत पार्टीले पूर्णता दिन सकेको छैन ।

    पार्टी गठन भएपछि स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव सम्पन्न भइसकेको छ । दुईवटा सरकारलाई सो पार्टीको समर्थन पनि छ । तर पार्टीको केन्द्रीय समितिसँगै कुनै निकाय, विभाग, समितिहरू पनि बन्न सकेको छैन ।

    भ्रातृ सङ्गठनहरूको नामकरण भएको छ तर सङ्गठन विस्तार भएको छैन । केही प्रदेश तथा जिल्ला कमिटी बनाइएको छ । तर सबै जिल्ला तथा प्रदेशले पूर्णता पनि पाएको छैन । बेलाबेला केन्द्रीय समिति बनाउनेबारे पार्टीमा कुरा उठे पनि कार्यान्वयन हुन नसकेको छैन ।

    लोसपामा एक जना अध्यक्ष भए पनि विगतको राजपाको अध्यक्ष मण्डलमा जस्तै चार जनामा भागबन्डा हुने गरेको छ । राजपा हुँदा छ जनाको अध्यक्ष मण्डल थियो । त्यसमध्ये महेन्द्र राय यादव र राजकिशोर यादव अन्य पार्टीमा गइसकेका छन् ।

    तत्कालीन राजपामा रहेका अध्यक्ष मण्डलको सदस्यमध्ये महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा लोसपामा रहेका छन् । लोसपामा यिनै चारजनाको बीचमा हरेक कुराको भागबन्डा हुने गरेको छ । लोसपाका एक जना कार्यकारिणी सदस्यले भने, ‘राजपाको अध्यक्ष मण्डल लोसपामा ब्युँतिएजस्तो छ, अध्यक्ष मण्डलका कारण राजपा जसरी ठिकसँग चलेन, त्यस्तै हालत अहिले लोसपाको भएको छ ।’

    एकल अध्यक्ष प्रणालीको पार्टीमा अध्यक्षलाई ठिक ढङ्गले काम गर्न दिनुपर्छ । तर लोसपामा त्यस्तो छैन । हरेक कुरामा शीर्ष नेताहरूबाट अवरोध भइरहेको ती नेताले दाबी गरे । उनले भने, ‘अध्यक्ष ठाकुरलाई काम गर्न दिएको भए अहिलेसम्म सबै भइसकेको हुन्थ्यो । तर अन्य शीर्ष नेताहरूको तर्फबाट डिस्टर्व भइरहेको छ ।’

    केन्द्रीय समितिमा आ–आफ्नो मान्छे पर्नुपर्ने गरी नाम ठाकुरलाई बुझाइएको छ । सबैलाई समेट्न कठिनाइ हुने भएकाले केन्द्रीय समितिलगायत अन्य विभाग र समितिहरू गठन नभएको सो पार्टीका एक नेताले बताए । उनका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको आफ्नै चाहना छ, शरसिंह भण्डारी र अनिल झाको आआफ्नै स्वार्थ छ । जसका कारण पार्टी सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ ।

    कार्यकारिणी सदस्य अकबाल अहमदले केन्द्रीय समिति बनाउने बारेमा शीर्ष नेताहरूको बीचमा छलफल भइरहेको बताए । उनले भने, ‘पार्टी गठन भएदेखि चुनावै चुनाव भयो, केन्द्रीय समिति तथा अन्य भ्रातृ सङ्गठन विस्तार गर्ने त्यस्तो मौका नै भएन । अब बिस्तारै सबै समितिहरू बन्छन्’, उनले भने ।

    त्यस्तै, सोही पार्टीका अर्का नेता मनिष मिश्रले पनि केन्द्रीय समितिलगायत अन्य विभाग तथा भ्रातृ सङ्गठनहरू चाँडै विस्तार हुने बताए । उनले भने, ‘शीर्ष नेताहरू केन्द्रीय समिति बनाउनका लागि आन्तरिक छलफलमा जुटेका छन् । यही महिनाभित्र केन्द्रीय समिति घोषणा हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑