• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पेट्रोलियम पाइपलाइन थप विस्तार गर्दै निगम

  • वीरगंज संजाल
  • १५ माघ २०७९, आईतवार २०:५५
  • १७६५

    काठमाडौँ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पाइपलाइन आयोजना सफल बनेपछि नेपाल आयल निगमले देशभर पाइपलाइन विस्तारको काम अघि बढाउने भएको छ । कूल ६९.२ किलोमिटर भूमिगत पाइपलाइनबाट यतिबेला निगमले भारतबाट डिजेल आयात गरिरहेको छ । अमलेखगञ्ज डिपोले देशको ७० प्रतिशतसम्म डिजेलको माग धान्दै आइरहेको छ । २०७६ सालदेखि सञ्चालनमा आएको उक्त पाइपलाइनबाट डिजेल ल्याउँदा निगमको ढुवानी खर्च वार्षिकरुपमा २ अर्ब रुपैयाँ हाराहारी बच्छ । पाइपलाइन निर्माण हुनुअघि नेपालबाट भारततर्फ पुगेर ट्यांकरहरुले डिजेल गर्दै आइरहेका थिए । तर, पाइपलाइन सञ्चालनमा आएपछि भारततर्फ ट्यांकर जान नपर्दा उक्त रुपैयाँ बराबरको ढुवानी लागत बच्ने गरेको हो ।

    डिजेल ल्याउन सुरु गरेको करिब ३ वर्षपछि निगमले अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोल, मट्टितेल र खाना पकाउने एलपीजी ग्यास आयात गर्ने तयारी थालिसकेको छ । यही वर्ष सन् २०२३ को अन्त्यसम्ममा पेट्रोल रमट्टितेलभण्डारण गर्ने ट्यांकीको निर्माण सकेर २०२४ को जनवरीदेखि नै पाइपलाइनबाट पेट्रोल र मट्टितेल समेत ल्याउने तयारी निगमको छ । निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले पाइपलाइनको दोस्रो चरणको काम सुरु भइसकेको र यसको निर्माण छिट्टै सम्पन्न हुने जानकारी दिएका छन् ।

    उनले सन् २०२४ को सुरुदेखि नै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात सुरु हुने जानकारी दिए । यसबापत निगमले मासिक १५ करोड र मासिक १ अर्ब ८० करोड ढुवानी खर्च बचत गर्ने यादवको भनाइ छ । यसअनुसार, पेट्रोलियम पाइपलाइनमार्फत डिजेल, पेट्रोल र मट्टितेलको आयात गर्दा वार्षिक कूल ३ अर्ब ८० करोडभन्दा बढी बचत हुने निगमको प्रक्षेपण छ । पाइपलाइन निर्माण सम्पन्न हुनुअघि २० हजार लिटर डिजेल लिन ४०० लिटर डिजेल खर्च गरेर ट्यांकर भारत पुग्थे । यस्तै, यतिबेला २० हजार लिटर पेट्रोल लिन ४०० लिटर डिजेल खपत गरेर ट्यांकर भारत पुग्दै आइरहेका छन् ।

    अमलेखगञ्ज पाइपलाइन लोथरसम्म लम्बिने

    अमलेखगञ्जसम्म विस्तार गरिएको पाइपलाइन सफल बनेसँगै यसलाई थप लम्ब्याउने प्रक्रिया अघि बढेको छ । ढुवानी लागत र प्राविधिक घाटा (पेट्रोलियम पदार्थ उड्ने क्रम) रोकिएपछि निगम थप उत्साहित बनेको छ । सोही कारण, भारतको मोतिहारीबाट ६९.२ किलोमिटरसम्म फैलिएको पाइपलाइनलाई चितवनको लोथरसम्म ल्याउने गरी काम अघि बढाउने तयारीमा निगम छ । यसका लागि अमलेखगञ्जदेखि लोथरसम्म ६२ किलोमिटर दूरीमा जमिनमुनि पाइपलाइन विस्तार गर्नुपर्ने छ ।

    निगमका प्रवक्ता विनितमणि उपाध्यायले चितवनको लोथरमा निगमको नाममा २० बिघा जग्गा रहेको र सोही स्थानमा आधुनिक भण्डारण केन्द्र निर्माणको काम अघि बढिरहेको जानकारी दिए । उनले चितवनमा निर्माण गरिने भण्डारण केन्द्र अत्याधुनिक हुने र उक्त भण्डारण केन्द्रमा १ लाख किलोलिटर पेट्रोल र ४० हजार मेट्रिक टन एलपीजी ग्यास राखिने छ । ६२ किलोमिटर उक्त पाइपलाइनको प्राविधिक अध्ययन सम्पन्न भइसकेको छ । र, प्रारम्भिक अध्ययनअनुसार उक्त पाइपलाइन विस्तार गर्न करिब ५ अर्ब रुपैयाँ लाग्ने देखिएको थियो । तर, अध्ययन सकिएयता महँगी बढेकाले लागत झनै बढ्न सक्ने अनुमान निगमको छ ।

    हाल अमलेखगञ्जदेखि लोथरसम्म विस्तार गरिने पाइपलाइनको अध्ययन प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छ । मन्त्रालयबाट निर्णय भएपछि कुन मोडलमा लगानी गर्ने भन्ने विषय समेत टुङ्गो लाग्ने छ । हालसम्म उक्त पाइपलाइन विस्तारमा लाग्ने खर्च कसले ब्यहोर्ने भन्ने टुङ्गो लागिसकेको छैन ।

    सिलिगुडीदेखि चारआलीसम्म अर्को पाइपलाइन

    निगमले यही समयमा भारतको सिलिगुडीदेखि झापाको चार आलीसम्म पाइपलाइन विस्तारको काम समेत अघि बढाइरहेको छ । निगमले भारतको पश्चिम बंगलालको सिलिगुडीदेखि झापाको चार आलीसम्म दक्षिण एसियाको दोस्रो पेट्रोलियम पाइपलाइन विस्तार गर्ने योजना रहेको उपाध्यायले बताए । दक्षिण एसियाको पहिलो पेट्रोलियम पाइपलाइन भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म सञ्चालनमा आइसकेको छ ।

    पेट्रोलियम पाइपलाइनको अध्ययन समितिका संयोजक रहेका वीरेन्द्र गोइतका अनुसार झापाको चार आलीमा बन्ने भण्डारण केन्द्र ४४ हजार किलोलिटर क्षमताको हो । र, यो पाइपलाइनको दूरी कूल ५० किलोमिटरको हुनेछ । जसमध्ये १५ किलोमिटर नेपालतर्फ र ३५ किलोमिटर भारततर्फ रहनेछ । यो पाइपलाइनको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार करिब ८ अर्ब भारु लागत अनुमान रहेको छ । जुन, महँगीसँगै बढ्ने सम्भावना छ ।

    चार आलीसम्मको र चितवनसम्मको पाइपलानमा कुन मोडलमा लगानी गर्ने भन्ने विषय टुङ्गो लागिसकेको भने छैन । यसको निर्णय दुवैतर्फका सरकारले जूटीजू प्रक्रियामा टुङ्गो लगाउनुपर्ने गोइतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑