स्थानीयवासीको भावना विपरित महानगरपालिकाले एकलौटी रुपमा राख्न खोजेको पिप्रा सडकको नामाकरण प्रति टोल विकास समितिले असहती प्रकट गर्दै त्यसलाई स्वीकार नगर्ने धारणा सार्वजनिक गरेको छ । टोल विकास समितिले पिप्राको ऐतिहासिक र धार्मिक महत्वलाई ध्यानमा राख्दै यसको नामाकरण पिप्रा लिङ्क रोडको नाउँमा गर्न महानगरलाई सुझाव दिएको छ ।वीरगञ्ज महानगरपालिकाले यस अघि उक्त रोडको नाम पिप्रा लिङ्क रोड कायमगरी टोल विकास समितिलाई सोही रोडको नाउँबाट २०७६ भदौ १२ गते दर्ता प्रमाण पत्र दिएको छ । टोल विकास समितिले त्यसैको नाउँमा आन्तरिक राजश्व कार्यालयबाट मूल्य अभिवृद्धि करको प्रमाणपत्र समेत लिइएको छ ।
वीरगञ्ज महानरपालिकाका मेयर राजेशमान सिंहले भारतको भक्तीभाव देखाउन महात्मागान्धीको नाउँमा राजनीतिको विजारोपण गरेको आरोप स्थानीयवासीको छ ।स्थानीय सरकारले यहाँका ऐतिहासीक र धार्मिक महत्वलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा कसैको इशरामा भक्तिभाव देखाउन खोजेपछि यो बिषय विवादमा आएको हो ।पिप्रा लिङ्क रोडलाई महात्मागान्धीको नाम राखेर भोली मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महानगरपालिकाले जवस्जस्ती नामाकरण गर्न खोजेपनि स्थानीय टोलबासीले यसलाई अस्वीकार गर्ने बताएका छन् ।

