• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध

  • वीरगंज संजाल
  • १५ माघ २०७९, आईतवार १९:३४
  • १४२१

    वीरगंज | तालिबानद्वारा सञ्चालित उच्च शिक्षा मन्त्रालयले अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध गरेको छ।उच्च शिक्षा मन्त्रालयले शनिबार निजी विश्वविद्यालयहरूलाई पत्र लेख्दै महिला विद्यार्थीहरूलाई विश्वविद्यालयको प्रवेश परीक्षामा बस्न नदिन निर्देशन दिएको छ। योसँगै अफगानिस्तानमा छात्राहरू उच्च शिक्षाबाट वञ्चित हुनेछन्। उच्च शिक्षा मन्त्रालयका प्रवक्ता जियाउल्लाह हाश्मीका अनुसार सरकारको पत्रमा कुनै पनि अफगानी छात्राले स्नातक, मास्टर र डक्टरेट तहको लागि हुने प्रवेश परीक्षा दिन पाउँदैनन्।

    अर्को सूचना नआएसम्म छात्राहरूको भर्ना गर्न नपाइने र यो निर्णय उल्लंघन गर्नेलाई कडा कानुनी कारबाही गरिने तालिवान सरकारद्वारा पठाइएको पत्रमा भनिएको छ। तालिबान सञ्चालित सरकारका उच्च शिक्षा मन्त्री, निदा मोहम्मद नादिमले विश्वविद्यालयहरूमा लिङ्गको मिश्रणलाई रोक्न प्रतिबन्ध आवश्यक रहेको दाबी गरेका छन्। केही विषयहरू इस्लामिक सिद्धान्त विपरीत भएकाले छात्रालाई विश्वविद्यालय प्रवेशमा रोक लगाइएको उनले स्पष्ट पारे।‘यी समस्याहरू समाधान गर्ने काम भइरहेको छ र ती समस्या समाधान भएपछि विश्वविद्यालयहरू महिलाका लागि फेरि खुल्नेछन्’, उनले एक टिभी अन्तर्वार्तामा भनेका छन्।

    निजी विश्वविद्यालय युनियनका प्रवक्ता मोहम्मद करीम नसरीले सरकारको पछिल्लो घटनाक्रमप्रति संस्थाहरू चिन्तित र दुःखी भएको बताए।‘हामीलाई एउटा आशा थियो कि त्यहाँ केही प्रगति हुन सक्छ। तर दुर्भाग्यवश, सरकारले पत्र पठाएपछि प्रगति हुने कुनै संकेत छैन,’ उनले एपीसँग, ‘अहिले पूरै शिक्षा क्षेत्र पीडामा छ।’उनले छोरीहरूको पढाइ पुनः सुरु नगरे विद्यार्थी संख्या न्यून हुने भएकाले कसैले पनि प्रवेश परीक्षा नदिने चिन्ता व्यक्त गरेका छन्।अफगानिस्तानका २४ प्रान्तमा १४० निजी विश्वविद्यालयहरू छन्। जहाँ लगभग २ लाख विद्यार्थीले अध्ययन गर्छन्। तीमध्ये करिब ७० हजार छात्रा छन्। विश्वविद्यालयहरूले करिब २५ हजार मानिसलाई रोजगारी दिएको छ।अफगानिस्तानका निजी विश्वविद्यालयमा भर्नाका लागि सरकारले छुट्टै परीक्षा सञ्चालन गर्छ, जसको पर्यवेक्षण उच्च शिक्षा मन्त्रालयले गर्छ।

    प्रवेश परीक्षा केही प्रान्तहरूमा आज आइतबारबाट सुरु हुनेछ भने अन्य ठाउँमा फेब्रुअरी २७ बाट सुरु हुनेछन्। अफगानिस्तानका विश्वविद्यालयहरूले मौसमी भिन्नताका कारण फरक-फरक अवधिमा प्रवेश परीक्षाको समयतालिका आउने गर्छ।उच्च शिक्षा मन्त्रालयले गत डिसेम्बरमा विश्वविद्यालयलाई अर्को सूचना नभएसम्म छात्रालाई पढ्न अनुमति नदिने भनेको थियो।
    केही दिनपछि प्रशासनले अधिकांश महिलालाई एनजीओ लगायतमा काम गर्नबाट रोकेको थियो।उक्त प्रतिबन्ध लगत्तै अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा, जापान, नेदरल्याण्ड, नर्वे, स्पेन, स्विट्जरल्याण्ड र युरोपेली युनियनका देशहरूले तालिबानलाई त्यसो नगर्न चेतावनी दिएका थिए।महिलाको काम र शिक्षामा लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको छ। पश्चिमी कूटनीतिज्ञले तालिबानले औपचारिक अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न र आफ्नो आर्थिक एक्लोपनलाई सहज बनाउन महिलाहरूप्रतिको आफ्नो नीतिमा परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑