वीरगंज । वीरगन्जको एक मनिट्रान्सफरको रकम लिएर फरार भएका तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० का २२ वर्षिय आकाश साह,२२ वर्षिय,संजय साह र २१ वर्षिय महम्मद सकिर मियाँ रहेका छन् ।
प्रहरीका अनुसार,वीरगन्ज १० स्थित माँ दुर्गे मनि ट्रान्सफर प्रालिका सञ्चालक विजय साह सर्राफले मङगलबार ४ लाख १४ हजार ८ सय रुपैया कृषि विकास बैंकमा जम्मा गराई भौचर लिएर आउन दिएको ती तीन जना युवकले बैंक उक्त रकम जम्मा नगरि फरार भएका थिए । सन्चालक सर्राफले यस बारे प्रहरीमा उजुरी दिएपछि प्रहरी निरिक्षक प्रज्वल थपलियाको नेतृत्वमा खटिएको टोलीले ती तीन जना युवकलाई वीरगन्ज १० बाटै पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिए ।
उनिहरुको साथबाट २ लाख २३ हजार ५ सय रुपैया बरामद भएको पनि उनले बताए । पक्राउ परेका तीनै जना विरुद्ध बुधबार पर्सा जिल्ला अदालतबाट ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ ( एक्सटर्सन ) सम्बन्धी कसूरमा ४ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको शाहले जानकारी दिए ।