• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज मन्त्रीहरुको विभाग टुंगो लाग्ने, माओवादी र जनमतको अडानले मन्त्रीमण्डल विस्तारमा अवरोध

  • वीरगंज संजाल
  • ११ माघ २०७९, बुधबार १२:१९
  • १२६१

    वीरगंज । मधेश प्रदेशका बिना विभागीय मन्त्रीहरुले बुधबार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । प्रदेश सरकारमा मुख्यमन्त्रीका अतिरिक्त ३ जना मन्त्री छन् । तर उनीहरुको विभाग टुंगो लागिसकेको छैन् । प्रदेश प्रमुख काठमाण्डुबाट बुधबार जनकपुरधाम आउने भएकाले सोही दिन मन्त्रीहरुको विभागको टुंगो लाग्ने बताइएको छ । मन्त्रीहरुको विभागको अझै निर्णय भइसकेको छैन् । जनमत पार्टीबाट मन्त्री बनेका ईञ्जिनियर वसन्त कुशवाहाले मन्त्रालयको टुंगो अझै लागि नसकेको बताए । ‘मन्त्री र मन्त्रालयको टुंगो लाग्न बाँकी छ’ उनले भने, तर बुधबार मन्त्रालयबारे सहमति हुनसक्छ । मन्त्री र मन्त्रालयको विषयमा शीर्ष नेताहरुबीच सहमति भए अनुसार प्रदेशमा लागु हुने उनको कथन थियो । मधेश प्रदेशको सरकारले पूर्णता नपाउनेमा जनमतले रोजेको मन्त्रालय र माओवादीले मागेको मन्त्रालयको संख्या प्रमुख कारण देखिएको छ । जनमत पार्टीले सामाजिक विकास र अर्काे कृषि मन्त्रालयमा दाबी गरेको छ । ‘सामाजिक विकास हामीले पाउने निश्चित नै छ’ उनले भने, अर्को कृषि मन्त्रालयमा दाबी रहेको छ । सामाजिक विकास बाहेकको एउटा मन्त्रालयमा सहमति हुन बाँकी रहेको उनले जनाए । माओवादी केन्द्रले भने मन्त्रालयको संख्यामा अडेको छ ।

    माओवादीले २ वटा मन्त्रालय पाउनै पर्ने अडानमा रहेको छ । केन्द्रमा सहमति भए अनुसार २ वटा मन्त्रालय पाउनुपर्ने माओवादी केन्द्रका सभासद युवराज भट्टराईले बताए । ‘शीर्ष नेताहरुबीच भएको सहमति अनुसार हामीले २ वटा मन्त्रालय पाउनु पर्छ’ उनले भने, एउटा प्रशासनिक र अर्को विकास सम्बद्ध मन्त्रालय हाम्रो माग छ । ‘२ वटा मन्त्रालय नपाए सरकारमा हामी जाने छैनौ’ उनले भने, तर बाहिरबाट सरकारलाई समर्थन रहिरहने छ । केन्द्र सरकारमा जनता समाजवादी पार्टी(जसपा)पनि सहभागी नभएकाले ‘माथि’ को सहमति अनुसार नै प्रदेशमा निर्णय हुने उनले बताए । मधेश प्रदेश सरकारका लागि जसपाले दाबी गर्ने क्रममा भएको अन्तिम बैठकमा माओवादी केन्द्रलाई एउटा मन्त्रालय दिनेमा अन्य दलहरुले सहमति गरेका थिए । तर माओवादी संसदीय दलका नेता भरत साहले सहमतिमा असन्तुष्टि जनाउँदै बैठक छाडेर बाहिरिएका थिए । त्यस बैठकमा जसपाले मुख्यमन्त्री र ३ मन्त्रालय, एमालेले ४ मन्त्रालय, जनमतले २ मन्त्रालय र माओवादी केन्द्रले १ मन्त्रालय पाउनेमा माओवादी बाहेकका दलहरुको सहमति भएको थियो । माओवादी अडानले सरकार विस्तारमा समस्या भएको अन्य दलहरुले आरोप लगाएका छन् । मुख्यमन्त्री सरोज कुमार यादवले सत्तासाझेदार दलहरुको सहमति अनुसार नै मन्त्रीमण्डल विस्तार हुने बताएका छन् ।

    ‘नियुक्त भइसकेका मन्त्रीहरुलाई पोर्टफोलियो बुधवार नै टुंगो लाग्नेछ’ उनले भने, गठबन्धनका दलहरुबीच सरकार विस्तारको विषयमा सहमति भए सोही समयमा मन्त्रीमण्डल पनि विस्तार हुनेछ । माओवादीले मन्त्रालयको संख्या र जनमत पार्टीले मन्त्रालयको विषयमा धारणा राखेकाले बैठकबाट टुंगो लाग्ने उनले बताए । जसपा र एमालेमा मन्त्रालय र संख्याबारे विवाद देखिएको छैन् । तर माओवादीले २ मन्त्रालयको अडानबाट पछि नहटे एमालेको भागमा एउटा कम हुन सक्छ । मन्त्रालयको भागबण्डा मिलाउन सकस भइरहेको जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले बताए । ‘मन्त्रालयको संख्या र विभागमा दाबी गर्नु गठबन्धन सबै दलको अधिकार हो’ उनले भने, सहमतिमा नै संख्या र विभाग दुबै टुंगो लाग्ने छ । मन्त्रालयको बाँडफाँट र मन्त्रीमण्डल विस्तार शुक्रबार भन्दा अगावै हुन गाह्रो रहेको उनले बताए । गठबन्धनमा रहेका सबै दलले १/१ वटा राज्यमन्त्री पाउने सहमति छ । मन्त्री र राज्यमन्त्री एउटै दलबाट एउटा मन्त्रालयमा राखिनेछ । त्यसमा बराबर भाग लागेकाले विवाद देखिएको छैन् । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) लाई भने सरकारमा तत्काल सहभागी गराइने छैन् । संघीय गठबन्धनमा लोसपाबारे हुने निर्णयको आधारमा मात्र प्रदेश सरकारमा लोसपाको सहभागिताबारे टुंगो लाग्ने जसपाका अध्यक्ष यादवले जनाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑