वीरगंज ।रामनिवास कुमार पटेल। पर्साको कालिकामाई गाउँपालिका वडा नंबर १ मुड्लीबाट प्रहरीले लागु औषध गाँजा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरिक्षक आयुष प्रसाद जोसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ७ केजी गाँजा सहित भारत बिहारको गोपालगन्ज थानाको जगरी टोल घर भएका ५५ वर्षिय शम्भु सहनीलाई पक्राउ गरेको हो ।
मुड्लीमा सवारी साधन चेकजाँचका क्रममा सहनी सवार बीआर २८ के ४९१९ नम्बरको मोटरसाइकल रोकेर प्रहरीले खानतलाशी गर्र्दा मोटरसाइकलको सिटमुनी फल्स बटम बनाई कालो ब्यागभित्र हरियो प्लाष्टिकले वेरी राखेको अवस्थामा ७ केजी गाँजा बरामद भएको पर्साका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
गाजाँ सहित पक्राउ परेका सहनी विरुद्ध लागु औषध सम्बन्धी कसूरमा मङगलबार पर्सा जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको बुढाथोकीले जानकारी दिए ।