• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मोरङमा टिपरको ठक्करबाट नाबालिकाको मृत्यु, शव बुझ्न अस्वीकार

  • वीरगंज संजाल
  • १० माघ २०७९, मंगलवार १९:३२
  • १५४९

    विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा तीव्र गतिमा रहेको टिपरको ठक्करबाट मंगलबार दिउँसो डेढ वर्षीया नाबालिकाको मृत्यु भएको छ। भित्री सडकखण्ड भएर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ६८२५ नम्बरको टिपरले सडकमा खेलिरहेकी नाबालिकालाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार टिपरले दिउँसो ४ बजेतिर ठक्कर दिँदा सुन्दरहरैँचा–१२ का अजित चौधरीकी १८ महिने छोरी अननिया चौधरीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको केराबारी गाउँपालिका–१० का अन्दाजी ३५ वर्षीय राजकुमार लिम्बूलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानबाट चालकको लापरबाहीले दुर्घटना भएको खुलेको छ। स्थानीय बासिन्दाका अनुसार तीव्र गतिमा रहेको टिपरले सडकमा खेलिरहेकी नाबालिकालाई ठक्कर दिएको हो।

    चालकको लापरबाहीले दुर्घटना भएको बताउँदै स्थानीय, आफन्त र अभिभावकको मृतक बालिकाको शव उठाउन मानिरहेका छैनन्। सडकको बीचमा शव राखिएको छ। दुर्घटना गराउने चालकलाई घटनास्थलमै उपस्थित गराउनुपर्ने र कडा कारबाही हुनुपर्ने माग राख्दै शव उठाउन अस्वीकार गरिएको हो। घटनास्थलमा जम्मा भएको भीड र सडकको बीचमा राखिएको शवका कारण उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन हुन सकिरहेका छैनन्। माहोल भड्किन नदिनलाई घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलासहित स्थानीय जनप्रतिनिधिको टोलीले आक्रोसित भीडलाई सम्झाईबुझाई गरिरहेको छ। वडाध्यक्ष रोशन ढकालले टिपरको तीव्र गतिका कारण दुर्घटना भएको बताए। उनका अनुसार आफन्त र परिवारका सदस्यसहितको आक्रोसित भीडले सडकबाट शव उठाउन दिएको छैन।

    शव सडकमै छाडेर उनीहरूले टिपर आतंक बन्द, चालकलाई घटनास्थलमा ल्याउनुपर्ने, कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिरहेको ढकालले बताए। ‘आक्रोसित भीडलाई सम्झाईबुझाई गर्ने काम भइरहेको छ। घटनास्थलबाट शव उठाउन दिन सबैमा अनुरोध गरिएको छ,’ उनले भने, ‘दुर्घटना गराउने पक्षलाई कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ। समस्या समाधानका लागि मृतक पक्षसँग छलफल र वार्ता भइरहेको छ।’ मृतक पक्षसँग सहमति गरेर समस्या समाधानको प्रयास भइरहेको वडाध्यक्ष ढकालले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑