• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेश सरकार विस्तारमा ढिलाइ, सभासदहरु मन्त्री बन्न दौडादौडमा, आज मन्त्रिपरिषद्को बैठक

  • वीरगंज संजाल
  • १० माघ २०७९, मंगलवार १२:२६
  • १६५७

    वीरगंज । मधेश प्रदेशको सरकार विस्तारमा ढिलाइ भएसँगै प्रदेश सांसदहरु मन्त्रीका लागि दौडादौड गर्न थालेका छन् । प्रदेश सरकारमा हाल सबै मन्त्रालय मुख्यमन्त्री सरोज कुमार यादवको मातहतमा रहेका छन् । नियुक्त भइसकेका मन्त्रीहरुको विभाग समेत तोकिएको छैन् । संघीय सरकारमा मधेश केन्द्रित दलहरु जनता समाजवादी पार्टी(जसपा) र जनमत पार्टीको तालमेल नमिलेको कारण प्रदेश सरकार विस्तारमा ढिलाइ भएको बताइएको छ । सरकारमा सहभागिताको विषयमा जसपा र जनमत पार्टीसित सहमति भइसकेको छैन् । जसपाले उपराष्ट्रपति पाउनु पर्ने अडानमा कायम रहेको छ ।जनमत पार्टीले पूर्व सहमति अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति अथवा खानेपानी सहित थप एउटा मन्त्रालय दिनुपर्ने अडान लिएको छ । मधेश प्रदेश सरकारमा ढिलाइको कारण कार्य व्यस्तता रहेको मन्त्री ईञ्जिनियर वसन्त कुशवाहाले बताए ।‘मन्त्रालयको संख्या र विभागबारे गठबन्धन दलहरुबीच सहमति भइसकेको छ’ उनले भने, सहमति अनुसार मन्त्रीमण्डल चाँडै विस्तार हुनेछ । मन्त्रीपरिषद्को बैठक मंगलवार बिहान डाकिएको उनले बताए ।‘

    मुख्यमन्त्री यादव पार्टीका शीर्ष नेताहरुसितको छलफलका लागि राजधानी गएकाले पनि केही समय लागेको छ’ मन्त्री कुशवाहाले भने, सरकारले विश्वासको मत प्राप्त गरेपछि सबै दलमा शीर्ष नेताहरुसित परामर्श गर्न आवश्यक थियो । उच्चस्रोतका अनुसार सहमति अनुसार नियुक्त भइसकेका मन्त्रीहरुको विभाग चाँडै निर्धारण गरिनेछ । संभवतःमंगलवार नै मन्त्रीहरुको विभाग तोकिने छ । स्रोतले जनाए अनुसार जसपाबाट मन्त्री बनेका सञ्जय यादवले अर्थ, एमालेबाट मन्त्री बनेका सरोज कुमार यादवले भौतिक पूर्वाधार विकास र जनमत पार्टीबाट मन्त्री बनेका ई.कुशवाहाले भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालय पाउने संभावना छ । हाल सम्मको सहमति अनुसार जसपाले ३, एमालेले ३, जनमतले २, लोसपाले १ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने छन् । एमालेलाई ४ मन्त्रालय दिने सहमति भए पनि लोसपा पनि सरकारमा सहभागी हुने भएकाले एउटा मन्त्रालय घटाइएको छ । मन्त्रीमण्डल विस्तारको तयारी भइरहेसँगै सभासदहरु सरकारमा जान शीर्ष नेताहरुलाई प्रभावित गर्ने प्रयत्नमा जुटेका छन् ।

    जनमत बाहेक अन्य दलहरुले भने मन्त्रीको नाम अझै टुंग्याइसकेको छैन् । जसपामा हालै प्रवेश गरेकी सुरिता साह मन्त्री बन्ने संभावना बढेको छ । पर्सा जिल्लाबाट जसपामा प्रवेश गरेका प्रमोद कुमार जयसवाललाई राज्यमन्त्री दिने बताइएको छ । जनमतबाट सञ्जय यादव मन्त्रीमण्डलमा पर्न सक्छन् ।लोसपाबाट रानी शर्माको संभावना बलियो छ । नेकपा एमाले र माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको नाम टुंगो लाग्न बाँकी छ । मुख्यमन्त्री यादवले सरकारलाई चाँडै पूर्णता दिएर कामकाजलाई प्रभावकारी बनाउन लागि परेको बताइन्छ ।दलहरुबाट मन्त्रीको नाम प्राप्त हुनासाथ मन्त्रीमण्डल विस्तार हुने मुख्यमन्त्री निकट स्रोतले जनाए । संघीय संसदमा दलहरुबीच मन्त्री र शासकीय पदहरुबारेमा तालमेल हुन सकेको छैन् । नेताहरु अहिले संघीय सरकार र गठबन्धनमा तालमेल मिलाउन सक्रिय रहेकाले सबै प्रदेशहरुमा सरकारले पूर्णता पाउन सकेको छैन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑