नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आज बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए ।
‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको छ,’ उनले भने ।
बैठकले राष्ट्रपति निर्वाचनमा संसदमा रहेका अन्य दलहरूसँग छलफल गर्ने र समर्थन माग्ने निर्णय पनि गरेको महतले जानकारी दिए ।