• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साढे ५ महिनापछि मैदान फर्किंदै सन्दीप

  • वीरगंज संजाल
  • ६ माघ २०७९, शुक्रबार ११:३९
  • १९६१

    वीरगंज । बलात्कार अभियोग लागेका नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने साढे ५ महिनापछि मैदानमा फर्कने भएका छन्।उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले निलम्बन फुकुवाको प्रक्रिया अघि वढाउँदै राष्ट्रिय टिमको क्लोज क्याप (बन्द प्रशिक्षण)मा सहभागी गराउने भएको छ।गत २८ पुसमा उच्च अदातल पाटनले २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि भोलिपल्टै उनी धरौटी बुझाएर रिहा भएका थिए । ‘सन्दीपलाई प्रशिक्षणमा बोलाइएको छ । उनले टोलीको प्रतिनिधित्व गर्न पाउने या नपाउने भन्ने विषयमा कानुन व्यावसायीहरूसँग सल्लाह भइरहेको छ,’ क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने।क्यानको विधानका कुनै प्रावधानले उनलाई वञ्चित नगरे र बन्द प्रशिक्षणमा उनको प्रर्दशन खस्किएको नपाइए सन्दीपले आईसीसी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्ध फागुनमा त्रिवि क्रिकेट मैदानमा हुने खेलमा सहभागिता जनाउने छन्। नेपाल लिगको अङ्क तालिकामा १८ अङ्कका साथ छैठौँ स्थानमा छ । क्यानले स्कटल्यान्ड र नामिबियाविरुद्धको खेलका लागि केही दिनभित्र क्लोज क्याम्प सुरु गर्दै छ ।

    धरौटीमा रिहा भएका सन्दीपलाई टोलीमा समावेश गर्न कानुनी अड्चन नभएको क्यानका कानुनी सल्लाहकारहरूले बताएका छन् । सरकारी वलिकलको कार्यालयले पनि क्यानको विधानका प्रावधानले नरोके खेलमा फर्काउन अन्य कानुनी अड्चन नरहेको बताएको छ। ‘सन्दीप धरौटीमा थुनामुक्त भइसकेका छन्, अन्य कुनै कारण पुन: थुनामा नपुगेको अवस्थामा मुद्दाको अन्तिम फैसला नभएसम्म उनलाई विद्यमान कानुनी व्यवस्थाले खेलमा फर्कन र खेल गतिविधिमा संलग्न हुन रोक लगाउन मिल्दैन,’ महान्ययाधिवक्ताको कार्यालयका प्रवक्ता एवं सहमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मी भन्छन्।अदालतले दोषी ठहर नगरेसम्म धरौटीमा रिहा हुँदा भएको आदेश भएभन्दा बाहेक अन्य प्रतिबन्ध नलाग्ने उनको भनाइ छ। क्यानको विधान र निर्णयमै सबै कुरा निर्भर रह्ने रेग्मीले बताए। ‘धरौटीमा छुटेपछि खेलमा फर्काउने/नफर्काउने विषयमा क्यानले नै निर्णय गर्ला, नेपालको मौजुदा कानुनले धरौटीमा रिहा भएका व्यक्तिलाई अन्तिम फैसलाले दोषी प्रमाणित नगरेसम्म उसले सम्पादन गर्दै आएको काममा रोक लगाउन मिल्दैन,’ उनले भने ।

    क्यान अध्यक्ष चन्दले पनि सङ्घको विधान र नियमावलीले सन्दीपलाई खेल्नबाट नरोक्ने बताए । उनले सन्दीप फिर्ता हुुनु नेपाली क्रिकेटका लागि समेत सकारात्मक भएको बताए। क्यानले १ या २ सातामा बन्द प्रशिक्षण सुरु गर्दै छ । अदालतले फैसला गरेको दिन नै अध्यक्ष चन्दले सन्दीपलाई राष्ट्रिय टोलीमा हुनुपर्ने खेलाडी भएको बताएका थिए ।सन्दीपलाई बन्द प्रशिक्षणमा राख्ने र बन्द प्रशिक्षणमा उनको लय हेरेर थप निर्णय गर्ने तयारी क्यानको छ। आईसीसीले पनि क्यानलाई नेपालको कानुनअनुसार अगाडि बढ्न भनिसकेको छ। सन्दीप टोलीमा समावेश भए उनी १४ फेब्रुअरीमा नामिबियासँग खेल्नेछन्। ३० अगस्टका दिन केन्याविरुद्ध उनले अन्तिम खेल खेलेका थिए। केन्याको भ्रमणमा सन्दीप रहेकै समयमा उनका विरुद्ध प्रहरीमा जाहेरी परेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    News

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑