रौतहट । रौतहटको सदरमुकाम गौर स्थित ऐतिहासिक मैदान गौर राइस मिलको प्रांगणमा हुन गइरहेको विष्णु महायज्ञको तयारी तीव्र रुपमा भइरहेको छ । सनातन धर्मको रक्षा , संरक्षण तथा विश्व कल्याण हेतु २०७९ साल फाल्गुन ४ गते देखि शुरू हुने महायज्ञको लागि यज्ञ मंडपको निर्माण कार्य तीब्र रुपमा भइ रहेको छ ।
भगवान रामको जन्मभूमि आयोध्या धामका संत राम अनुग्रह दासको विशेष पहलमा हुने महायज्ञको तयारी महायज्ञ आयोजक समितिका अध्यक्ष पवन कुमार गुप्ताले जानकारी गराएका छन ।
५१ कुंडीय महायज्ञको लागि ९ तल्ले यज्ञ मंडपको निर्माण भइरहेको बताउँदै नेपाल र भारतका विभिन्न धार्मिक स्थलबाट धार्मिक गुरु , प्रवचनकर्ता , साधुसंत महात्माहरुको सहभागिता हुने बताइएको छ । करीव २ करोड़को लगत रहेको विष्णु महायज्ञ १० दिन सम्म चल्ने छ ।