• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटमा कल जडानको नाममा रकम असुली

  • वीरगंज संजाल
  • ५ माघ २०७९, बिहीबार १७:३२
  • १७३३

    रौतहट । रौतहटको एक गैरसरकारी संस्थाले विदेशी दातृ निकायको रकम अनियमितता गर्न हैण्डपाइप (कल) जडानको नाममा सर्वसाधारणसंग अनधिकृत रुपमा रकम असुली गरिरहेको छ । इनार नविर मोहसेन अल महरी नामक संस्थाले निःशुल्क रुपमा हैण्डपाइप जडान गर्नुपर्नेमा प्रति व्यक्ति २ हजारदेखि लिएर १८ हजारसम्म रकम असुली गरिरहेको खुलेको छ । अति गरिब एवं विपन्न नागरिकलाई शुद्धपानी खुवाउने उद्देश्यले साउदी अरब,फ्रान्स लगायत मुस्लिम समुदायको बाहुल्य भएको विभिन्न देशहरुले नेपालका केही गैरसरकारी संस्थालाई निःशुल्क रुपमा २ सयदेखि लिएर ३ सय फिटसम्म हैण्डपाइप (कल) जडान गर्न ठूलो मात्रामा रकम उपलब्ध गराउँदै आएको छ । यसरी विदेशी दातृ निकायको सहयोग अर्थात अनुदान रकम पाउनेमा रौतहटको संस्था इनार नविर मोहसेन अल महरी पनि रहेको छ ।

    यस संस्थाले २ सय देखि लिएर ३ सय फिटसम्म हैण्डपाइप निःशुल्क रुपमा जडान गर्न विदेशी दातृ निकायबाट अनुदान रकम पाएका छन तर यस यस संस्थाका अध्यक्ष परोहा नगरपालिका –२ जिंगडवा बेलबिछवाका ३५ वर्षीय मोहम्मद गुरफान आलमले २५ देखि ५० फिटसम्म मात्र हैण्डपाइप जडान गराई प्रति व्यक्ति २ हजार देखि लिएर १८ हजारसम्म रकम असुली गरिरहेको स्थानीयहरुले गुनासो गरेका छन् । यस संस्थाले जिल्लाको परोहा, राजपु्र, इशनाथ, बौधिमाई लगायत नगरपालिकाको सयौं सर्वसाधारण आम नागरिकसंग हैण्डपाइप जडानको नाममा रकम असुली गरी लाखौं रकम ठगी गरेको बताइएको छ । केही महिनादेखि संस्थाका अध्यक्ष आलमले विभिन्न पालिकामा हैण्डपाइप जडानको नाममा रकम असुली गरी सर्वसाधारणलाई ठग्ने काम गरिरहेको गुनासो बढेको छ । राजपु्र नगरपालिका २ फतुवा महेशपुरका शेख रहमानले विदेशी दातृ निकायको सहयोगमा निःशुल्क शुद्धपानी खानको लागि ल्याइएको हैण्डपाइप जडान गर्दा संस्थाले मनपर्दी रकम उठाएर सर्वसाधारणलाई ठग्ने काम गरेको बताएका छन् ।

    उनले भने, ‘निःशुल्क शुद्ध खानेपानीका लागि २ सयदेखि ३ सय फिट भन्दा माथि हैण्डपाइप जडान गर्न संस्थाले विदेशी दातृ निकायबाट रकम पाएका हुन्छन तर यिनीहरूले आफ्नो व्यक्तिगत लाभ उठाउँदै पुरै आर्सेनिकले भरिएको २५ देखि ३५ र ५० फिटसम्म मात्र पाइप जडान गर्ने गरेका छन’ । त्यसमा पनि २ हजारदेखि १८ हजारसम्म रकम सर्वसाधारण जनतासँग असुली गरिरहेको समेत उनले गुनासो गरे । विदेशी दातृ निकायले उपलब्ध गराएको रकम अनियमितता गर्न संस्थाले रकम असुली गर्ने गरेको र दूषित पानी खुवाएर मानव स्वास्थ्यसंग खेलवाड गर्ने काम गरेको भए पनि संस्थाका पदाधिकारीहरुलाई कारबाही गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । श्रोतका अनुसार संस्थाले बारा जिल्लाको सिम्रौनगढ नगरपालिका, रौतहटको अधिकांश पालिका र सर्लाही जिल्लासमेतमा करोडौंको कल जडान गरी लाखौंलाख रकम हिनामिना गर्दै जनता र विदेशी दातृ निकाय दुबैलाई ठग्ने काम गरेको छ । संस्थाले रौतहटका साथै बारा र सर्लाही जिल्लालाईसमेत कार्यक्षेत्र बनाएर काम गरिरहेको श्रोतको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑