• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पाकिस्तानीलाई नेपाल ल्याएर ठगी, क्यानाडा पठाउने भनेर सिनामंगलमा छाडियो

  • वीरगंज संजाल
  • ४ माघ २०७९, बुधबार २२:४२
  • १४७७

    वीरगंज । पाकिस्तानी नागरिक मोहम्मद सामी खान क्यानाडा जाने तयारीमा थिए। उनले आवश्यक कागजात पनि तयार गर्दै थिए। चिनेकै साथीमार्फत मुहम्मद रासिदको समूहसँग छलफल गरे। रासिदको समूहले खानलाई नेपालबाट क्यानाडा भिसा प्रक्रिया सजिलो छ भन्दै प्रलोभनमा पारे। सबै प्रक्रिया काठमाडौबाट पुरा हुन्छ भन्दै उनीहरुले आश्वासन दिए। नेपालको भिजिट भिसामा सामीलाई काठमाडौं पठाए। नेपालबाट क्यानाडा भिसा लगाउन सजिलो भनेर खुसी हुँदै आएका उनी काठमाडौं आएपछि समस्यामा परे। क्यानाडा जान भन्दै नेपाल आएका उनले २५ लाख ६६ हजार ६९७ रुपैयाँ गुमाए। योसँगै एजेन्टको समूहले उनलाई अपहरण गरी होटलमा थुनेर पैसा लिएपछि सिनामंगलको बाटोमा ल्याएर छाडिदिए।

    उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार मोहम्मद सामी खानलाई अपहरण गरी फिरौती लिने तथा शरीर बन्धक बनाउने कसुरमा ३ जना पाकिस्तानी नागरिक प्रक्राउ परेका छन्। प्रक्राउ पर्नेमा पाकिस्तान कसुरका ३० वर्षीय मुहम्मद रासिद, पाकिस्तान लाहोरका ३५ वर्षीय मुहम्मद आसिफ, पाकिस्तान पाक्पातनका ३५ वर्षीय मुहम्मद फिदा हुसैन छन्। कोइराला भन्छन्, ‘सामी खानलाई ठगी गर्नकै लागी उनीहरुले नेपाल पठाएका थिए। नेपालबाट भिसा प्रक्रिया छिटो र सजिलो छ भन्दै झुक्काएर उनलाई काठमाडौं बोलाई अपहरण गरेका हुन्।’गत पुस २४ गते सामीलाई बायोमेट्रिक लगायतको प्रक्रिया भन्दै अपहरणकारीको समूहले ठमेलको होटलबाट ट्याक्सीमा राखेर बुढानिलकण्ठस्थित एक भाडाको घरमा पुराएर बन्धक बनाएको कोइरालाले बताए। आँखामा पट्टि लगाएर, हातखुट्टा बाँधेर, पीडितका भाइलाई फोन गरी पैसा माग गर्दै म्यासेज गरेको पाइएको उनले जानकारी दिए। एजेन्डहरूले घरमा फोन र म्यासेज गरी क्यानाडाको फ्लाइट छ,

    फोन अफ हुन्छ पुगेपछि फोन गर्छु भन्ने सन्देश दिएको पनि कोइरालाले बताए। घरमा म्यासेज पठाएपछि अपहरणकारीले पीडितलाई बन्धक नै बनाएर राखेका थिए। कुटपिट गर्दै ३० घण्टा बन्धन बनाएका उनीहरूले फेरि घरमा क्यानाडा पुगेको सन्देश पठाउन लगाएर इमिग्रेसनले रोकेको खबर पठाउन लगाएका थिए। क्यानाडा पुगेको भन्ने खबरपछि पीडितको भाइले ३० लाख पाकिस्तानी रुपैयाँ र २४ हजार दिराम पठाएका थिए। पैसा प्राप्त गरेपछि अपहरणकारीले उनलाई ट्याक्सीमा राखी पाकिस्तान फकर्नु भन्दै सिनामंगल सडकमा छाडेर फरारको कोइरालाले बताए। पीडितले पर्यटक प्रहरीमा दिएको निवेदनमा अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर काठमाडौंको टोलीले खोजतलास गरि आरोपी प्रक्राउ गरेको छ। गत पुस २८ गते उनीहरु बुढानिलकण्ठस्थित भाडाको घरबाटै प्रक्राउ परेका हुन्। प्रहरी परिसर काठमाडौंका प्रबक्ता दिनेशराज मैनालीका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ। पक्राउ परेका व्यक्तिलाई अपहरण, शरीर बन्धक कसुरमा जिल्ल अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको मैनालीले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑