• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकामा बढ्दै टिकटकमाथिको प्रतिबन्ध

  • वीरगंज संजाल
  • ४ माघ २०७९, बुधबार १४:१९
  • २१८५

    वीरगंज । संयूक्त राज्य अमेरिकाका नर्थ क्यारोलाइना र विस्कन्स राज्यले सुरक्षा जोखिम देखाउँदै सरकारी उपकरणहरूमा टिकटक एपको प्रयोगमा प्रतिबन्ध लगाएपछि चिनियाँ टेक फर्म बाइटडान्स स्वामित्वको यो चर्चित एप समस्यामा परेको छ । अहिलेसम्म २५ भन्दा बढी अमेरिकी राज्यहरूले सरकारी डिभाइसहरूमा एपको प्रयोगमा कुनै न कुनै किसिमका प्रतिबन्ध लगाइसकेका छन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्षको अन्त्यतिर नै संघीय सरकारका झण्डै ४० लाख कर्मचारीलाई सरकारी स्वामित्वका उपकरणहरूमा अपवाद (सुरक्षा निकाय र अनुसन्धान प्रयोजन) बाहेक टिकटक प्रयोगमा औपचारिक रूपमै प्रतिबन्ध लगाइसकेका छन् । कुल ४ हजार १ सय २६ पृष्‍ठ लामो सरकारी खर्चसम्बन्धी ऐनको एक भागका रूपमा आएको यो प्रतिबन्धपछि अमेरिकाका विभिन्न राज्यहरूले राष्ट्रपतिको कदमलाई पछ्याउन सुरू गरेका छन् ।
    जनवरी ९ बाट अमेरिकाको न्युजर्सी र ओहायो राज्यले पनि यो एपलाई सरकारी उपकरणमा प्रयोग हुनबाट प्रतिबन्ध लगाएका छन् । अमेरिकामा झण्डै १० करोड मानिस सक्रिय टिकटक प्रयोगकर्ता रहेको र सोमध्ये ६० प्रतिशत १६-२४ वर्ष उमेरका रहेको प्रतिवेदनको अनुमान छ ।

    न्युजर्सी राज्यका गभर्नर फिल मर्फीले टिकटकमाथि प्रतिबन्धको घोषणा गर्दै आफूले हुवावे, टेन्सेन्ट, जेडटीई लगायत एक दर्जन चिनियाँ सेवा प्रदायकमाथि पनि प्रतिबन्ध लगाएको सुनाएका थिए । ओहायो र टेक्ससले एपमाथिको प्रतिबन्धका लागि चीनले २०१७ मा जारी गरेको ‘नेसनल इन्टेलिजेन्स ल’लाई जिम्मेवार बताएका छन् । सो ‘ल’ले आफ्नो सीमाभित्र दर्ता भएका यस्ता एपहरूलाई प्रयोगकर्ताहरूको डेटामा पहुँच दिएर गुप्तचर सूचना संकलनमा सघाउनुपर्ने भनेको छ । ओहायोका गभर्नर माइक डिवाइनले टिकटकका यस्ता डेटा गोपनीयता तथा साइबर सुरक्षाका विभिन्न शंस्कास्पद क्रियाकलापले राष्ट्रिय तथा स्थानीय सुरक्षामा जोखिम ल्याउनुको साथै प्रयोगकर्तालाई समेत विभिन्न किसिमको खतरामा पर्नसक्ने प्रतिक्रिया दिएका थिए । अमेरिकाका विभिन्न राज्यहरूले वीबो, वीच्याट, अलिबाबा लगायतका विभिन्न चिनियाँ अनलाइन प्लाटफर्महरूमाथि पनि प्रतिबन्ध बढाउँदै लगेका छन् । सन् २०१७ को नोभेम्बरमा १ अर्ब डलरमा म्युजिकली खरिद गरेपछि अकासिएको टिकटकको लोकप्रियता अहिले १५० भन्दा बढी देशहरूमा झण्डै १ अर्बभन्दा बढी प्रयोगकर्ताहरूका साथ सन् २०१० यता सबैभन्दा चलेको एपमध्ये पुगेको छ । अमेरिकामा मात्रै यो एप २१ करोडभन्दा बढी पटक डाउनलोड गरिएका तथ्यांकहरू आएका छन् भने पछिल्लो दशकको ट्रेडमार्क बनेको फेसबुकलाई समेत कडा टक्कर दिने प्लाटफर्म बन्दै आएको छ । भारत, अफगानिस्तान, पाकिस्तान, बाङ्लादेश, इन्डोनेसिया लगायत देशहरूले विभिन्न कारण देखाउँदै यो एपमाथि प्रतिबन्धको घोषणा गरिसकेका छन् ।

    अमेरिकी एफबीआईका निर्देशक क्रिस्टोफर रेले डिसेम्बरमा आयोजित सार्वजनिक नीतिसम्बन्धी एक छलफल कार्यक्रमको क्रममा टिकटकजस्ता एपहरू जासुसी सम्बन्धी मिसनहरूमा प्रयोग भएको हुनसक्ने चेतावनी दिएका थिए । चीनले टिकटकजस्ता एपमा भएका कन्टेन्टलाई आफू अनुकुल बदल्न र आवश्यक परेमा मिसनहरूलाई प्रभावित गर्न प्रयोग गरेको हुनसक्ने उनको अनुमान थियो । त्यसयता फ्लोरिडा, नेब्रास्का, साउथ डाकोटा, साउथ क्यारोलाइना, मेरील्यान्ड, इन्डियाना, ओक्लाहोमा, टेनेसी, युटाह, अलाबामा, आयोवा, नर्थ डाकोटा, आइदाहो, न्यु हाम्प्सायर, जर्जिया, भर्जिनिया, मोन्टाना, वेस्ट भर्जिनिया, लुइजियाना, पेन्सलभेनिया, कन्सस, अर्कान्सा लगायत राज्यले टिकटकलाई राज्यकाे स्वामित्वका उपकरणमा प्रयोग हुनबाट रोक लगाइसकेका छन् । केही राज्यले त राज्य सरकारका उपकरणमा मात्रै नभएर विभिन्न विश्वविद्यालय र क्याम्पसका इन्टरनेट प्रयोगको क्रममा समेत टिकटक प्रयोग गर्न नमिल्ने बनाइसकेका छन् । अमेरिकामा बढ्दो प्रतिबन्धमाथि टिकटकले भने असन्तुष्टि जनाएको छ। ‘सरकारी स्वामित्वका उपकरणमा लगाइएको पछिल्लो अमेरिकी प्रतिबन्धबाट हामी निराश छौं,’ एउटा ब्लगपोस्टमा टिकटकले भनेको छ, ‘राष्ट्रिय सुरक्षा हितमा कुनै बढावा नदिने राजनीतिक कदम हो यो, सरकारलाई राष्ट्रिय सुरक्षाको समीक्षा छिट्टै सकाउन भन्नुको साटो यस्तो कदम चालिएको हो ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑