वीरगंज । भारतीय कलाकार खेसरीलाल यादव सहभागी सुनसरीको बर्जु गाउँपालिकामा–६ मा भएको बर्जु महोत्सवमा झडप भएको छ । झडपका क्रममा प्रहरीसहित पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते भएकाको उपचार भइरहेको छ ।
मेला आयोजकले लिएको प्रवेश शुुल्क महँगो भएको भन्दै केही व्यक्तिले विरोध जनाएपछि झडप भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । गएको वर्ष पनि खेसरीलालको कार्यक्रम हेर्न आएका दर्शकबीच झडप हुँदा केही घाइते भएका थिए ।<iframe width=”500″ height=”281″ src=”https://www.youtube.com/embed/irGP8j7WycY” title=”खेसारीलाल यादव बर्जु महोत्सव सुनसरीमा | Khesari Lal Yadav | Barju Mahotsav | Sunsari |” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>