• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अदालतले रोकेको आयोजनामा भुक्तानी

  • वीरगंज संजाल
  • ३ माघ २०७९, मंगलवार १३:४१
  • १५८५

    वीरगंज । स्थानीयको विरोध र विवादपछि उच्च अदालत सुर्खेतले पर्यटकीय क्षेत्र काँक्रेविहारमा पर्खाल लगाउने काम रोक्न आदेश दिएको छ। तर, आदेशलाई अटेर गर्दै निर्माण कम्पनीलाई रातारात रकम भुक्तानी गरेको पाइएको हो। पर्खाल निर्माणका क्रममा स्थानीयले संरक्षित वनको जग्गा बाहिरै छाडेर पर्खाल लगाइएको भन्दै विरोध गर्दै आएका छन्। त्यसक्रममा उच्च अदालतले पनि वन क्षेत्रको जग्गा एकिन नहुँदासम्म काम रोक्न आदेश दिएको थियो। तर, अदालतको आदेश आए पनि डिभिजन वन कार्यालय सुर्खेतले एक करोडभन्दा बढी रकम निर्माण कम्पनीलाई भुक्तानी दिएको पाइएको छ।

    हतारमा डिभिजन वन कार्यालय सुर्खेतले १ करोड ३३ लाख ५ हजार ९२९ रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी दिएको छ। अदालतको आदेश जारी भएपछि २०७८ असोज २० गते वन कार्यालयले निर्माण कम्पनीलाई उक्त रकम पहिलो रनिङ बिल बापतको रकम भुक्तानी दिएको छ। मोबिलाइजेसन पेस्कीबापत २ करोड ४ लाख रकम निर्माण कम्पनीले सुरुमै लिइसकेको थियो। काँक्रेविहार संरक्षित वन क्षेत्रको जग्गा छोडडेर कम्पाउन्ड वाल (पर्खाल) निर्माण गरेको भन्दै उच्च अदालतमा रिट निवेदन २०७८ असोज १८ गते दायर भएको थियो। उक्त रिट निवेदन उपर २०७८ असोज १९ गते नै पर्खाल निर्माणको काम रोक्न अन्तरिम आदेश जारी भएको थियो। अदालतले नै थप काम नगर्नु, नगराउनु भनिसकेपछि डिभिजन वन कार्यालयले भने निवेदन टुंगो नलाग्दै हतारमा रकम भुक्तानी दिएको हो। काँक्रेविहार क्षेत्रको वरिपरि पर्खाल निर्माण गर्न डिभिजन वन कार्यालय सुर्खेत र महादेव खिम्ती हिराचन (केएसके) जोइन्ट भेन्चर कम्पनीबीच सम्झौता भएको थियो। कम्पनीले ११ करोड ८५ लाख ४२ हजार ५६२ रुपैयाँ लागतमा निर्माण गर्ने गरी उक्त पर्खाल निर्माणको सम्झौता गरेको थियो।

    संरक्षित क्षेत्रको संरक्षणका लागि पर्खाल निर्माण गर्न थालिएको हो। तर, काँक्रेविहार संरक्षित क्षेत्रको कायम रहेको क्षेत्रफल नै मासिने गरी जग्गा बाहिर छोडेर पर्खाल निर्माण गरेपछि सो काम रोकिएको हो। पर्खाल निर्माणको काम अघि बढाउने तत्कालीन वन कार्यालयका प्रमुख गोविन्दप्रसाद दाहाल थिए। दाहालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको विशेष अदालतमा मुद्दा दायर गरेपछि अहिले निलम्बनमा छन्। डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत मुनबहादुर रावतले काँक्रेविहार क्षेत्रभित्रको पर्खालका विषयमा अदालतको आदेश मानेर कसरी अगाडि भन्ने विषयमा जिल्ला वन क्षेत्र समन्वय समितिमा छलफल गर्ने बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑