• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सार्वजनिक बिदाले बिरामीलाई थप पीडा

  • वीरगंज संजाल
  • ३ माघ २०७९, मंगलवार १२:१५
  • १४४५

    वीरगंज । खोटाङकी ८० वर्षीया भगवती पुरीलाई मुटुको शल्यक्रिया गर्न सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका चिकित्सकले साउनको मिति दिएका थिए । त्यतिबेला अस्पतालमा ‘अक्सिजेनेटर’ मेसिन नहुँदा रोकियो । पछि मंसिर ४ लाई बोलाइयो, त्यसबेला पनि शल्यक्रिया हुन पाएन । पुस २० र २२ मा पनि नभएपछि सार्दासार्दै सोमबार तोकिएको थियो । यसपालि शल्यक्रिया हुनेमा उनी ढुक्क थिइन् । तर, पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले बिदा दिने निर्णय गरेपछि यस पटक पनि उनले उपचार पाइनन् । ‘अब कहिले हुने हो, ठेगान छैन,’ उनले गुनासो गरिन्, ‘अप्रेसन नहुँदा हृदयाघात रोक्ने औषधि खानुपरेको छ ।’ सिरहा नवराजपुर गाउँपालिका–३ का २१ वर्षीया बन्दनाकुमारी यादव सोमबार शल्यक्रिया गराउन खाली पेट बसिसकेकी थिइन् । आवश्यक सामान र औषधि खरिदमात्रै होइन रगत दिन दाता पनि तयार भइसकेका थिए । तर, बिदाका कारण उनको पनि शल्यक्रिया रोकियो । ‘मुटुको भल्भ फेर्नुपर्ने थियो,’ बुबा बिलतप्रसाद यादवले भने, ‘शोक मनाउनु त ठिकै हो तर अत्यावश्यक सेवा नै प्रभावित हुँदा हामीलाई निकै मार परेको छ ।’ प्यूठानका ४१ वर्षीया पुष्पा रोका क्षत्री मुटुको शल्यक्रिया गराउन असारमा आएका थिए । उनको पनि मिति सार्दासार्दै सोमबारलाई तोकिएको थियो । भान्जा थमबहादुर थापाका अनुसार पुष्पालाई दुई पटक हृदयाघात भइसकेको छ । ‘५–६ पटक आएपछि पालो आयो भनेर खुसी भएका थियौं, अचानक बिदाका कारण नहुने भन्ने सूचना आयो,’ उनी भन्छन्, ‘निजी अस्पतालमा गराउन सक्ने हैसियत छैन । अब के गर्ने अन्योलमा छौं ।’

    गंगालालमा भल्भ फेर्नुपर्ने, मुटुको नसा जाम भएका जस्ता बिरामी शल्यक्रिया गराउन एक वर्षदेखि पालो कुरिरहेका छन् । त्यस्ता बिरामी औषधिको भरमा छन् । केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले शल्यक्रिया रोकिएको बारेमा कुनै प्रतिक्रिया दिन चाहेनन् । चिकित्सकका अनुसार भल्भ फेर्नुपर्ने बिरामीलाई सास फेर्न गाह्रो हुन्छ भने अन्य समस्या भएकालाई तत्काल शल्यक्रिया गर्नुपर्छ । तर, सरकारले विमान दुर्घटनामा परेर दिवंगत भएकाप्रति श्रद्धाञ्जली दिन बिदाकै निर्णय गरेपछि मुटुको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई त सोझो असर परेकै छ, अन्य अत्यावश्यक काम पनि रोकिएका छन् । यसरी आकस्मिक बिदाको निर्णय दिनुअघि त्यसले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावबारे ध्यान दिनुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन् । ‘घटनाप्रति गहिरो दुःख व्यक्त गर्नु ठिकै हो । तर, सार्वजनिक बिदा दिँदा त्यसले पार्ने प्रभावबारे पनि मूल्यांकन गर्नुपर्छ,’ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले भने । उनका अनुसार राणाकालमा दसैंको महाष्टमी, नवमी, दशमी, तिहारको लक्ष्मीपूजा र भाइटीकाबाहेक अन्य दिन कुनै पनि अस्पतालको सेवा बन्द गर्न नपाउने नियम थियो । ‘बिरामीको चापका कारण अस्पताल सार्वजनिक बिदाको दिन पनि उल्टो लाभांश दिएर चलाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘सरकारी अस्पतालमा अप्रेसन गराउन डेढ/दुई वर्षदेखि पालो कुरिरहेका बिरामी थुप्रो छन् । उनीहरूको काठमाडौं बसाइ निकै कष्टकर हुने गरेको छ ।’ हवाई दुर्घटनामा बिदा दिएपछि सडक दुर्घटनामा दिने कि नदिने भन्ने प्रश्न उठ्ने उनी बताउँछन् । वीर अस्पतालले भने इमर्जेन्सीबाहेक ओपीडी (बहिरंग सेवा) र मिति तोकेर गरिने नियमित शल्यक्रिया स्थगन गरेको छ । वीरमा दैनिक ५० देखि ५५ वटा इमर्जेन्सीसहित शल्यक्रिया हुने गर्छ । प्रशासन शाखा प्रमुख सागर मिश्रले सोमबार मात्र नभई अन्य सार्वजनिक बिदाको दिन ओपीडी बन्द हुने गरेको बताए । ‘इमर्जेन्सी अप्रेसन रोकेका छैनौं,’ उनले भने ।

    त्रिवि शिक्षण अस्पतालले भने बिरामीको चापलाई मध्यनजर गरेर ओपीडी सेवा आधा मात्र बन्द गरेको छ । इमर्जेन्सी र नियमित गर्नुपर्ने शल्यक्रिया सञ्चालन गरिएको अस्पतालको भनाइ छ । यहाँ दैनिक करिब ५५ वटा शल्यक्रिया हुन्छ । त्रिविका उपनिर्देशक सन्तकुमार दासले बिरामीलाई पर्न सक्ने प्रभावलाई मध्यनजर गरेर सेवा सञ्चालन गरिएको बताए । प्रसूति गृहका निर्देशक डा. पवनजंग रायमाझीले पनि आफूहरूले शल्यक्रिया नरोकेको बताए । चिकित्सकहरूले विशेष परिस्थितिमा दिइने बिदामा स्वास्थ्य क्षेत्र नसमेट्न गृह मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गर्दै आएका छन् । तर, यसलाई मन्त्रालयले गम्भीर रूपमा नलिने गरेको नेपाल मेडिकल काउन्सिलको भनाइ छ । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले अत्यावश्यक सेवाबाहेकका लागि मात्र बिदाको निर्णय भएको बताए । ‘अस्पतालले ओपीडी र इमर्जेन्सी अप्रेसनबाहेक अन्य नियमित अप्रेसन पनि गर्नुपर्छ,’ उनले भने, ‘नगरेमा स्वास्थ्य मन्त्रालय जवाफदेही हुनुपर्छ ।’ तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले अत्यावश्यक सेवामा अस्पताल परे पनि ओपीडी र इमर्जेन्सीबाहेकको अन्य नियमित अप्रेसन अत्यावश्यकअन्तर्गत नपर्ने दाबी गरे । प्रधानमन्त्री कार्यालयका प्रवक्ता महादेव पन्थले भने वार्षिक क्यालेन्डरअनुसारको बिदाका अतिरिक्त विशेष परिस्थितिमा पनि बिदा दिने चलन रहेको बताए । सार्वजनिक बिदाबाहेकका दिनमा विभिन्न कारण देखाएर स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने गरिएको छ । गत साउनमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रमका लागि ओपीडी बन्द गरेको थियो । त्यसको चौतर्फी आलोचना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑