• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्वी पहाडका अधिकांश विद्यालय बन्द

  • वीरगंज संजाल
  • ३ माघ २०७९, मंगलवार १२:११
  • १५०१

    वीरगंज । पूर्वी हिमाली तथा पहाडी जिल्लामा जाडोले विद्यालयहरू बन्द गरिएका छन् । अत्यधिक चिसोमा बालबालिकालाई आउजाउ गर्न गाह्रो भएकाले हिमाली जिल्ला सोलखुम्बुका खुम्बुपासाङल्हामु गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकाका ७० बढी सामुदायिक विद्यालयले पढाइ बन्द गरेका हुन् । सर्वोच्च शिखर सगरमाथास्थित हिमाली पालिका खुम्बुपासाङल्हामुले पुस दोस्रो साताबाटै लागू हुने गरी ४० दिनसम्मका लागि विद्यालय बन्द गरेको छ । ठण्डीले जनजीवन प्रभावित बनेको र विद्यालयसम्म जान सक्ने अवस्था नरहेकाले बन्द गरिएको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए । उनका अनुसार कुल १७ विद्यालय रहेको पालिकामा वडा १ का ३ वटा बाहेक १४ वटा विद्यालय बन्द छन् । त्यस्तै हिमाली तथा उच्च पहाडी भूगोलमा रहेको सोलुदूधकुण्ड नगरपालिकाका ५८ वटा विद्यालय पनि बन्द छन् । कुल ६२ सामुदायिक विद्यालय रहेको जिल्लाको एक मात्र नगरपालिकामा वडा–११ तिंलाका ४ बाहेक अन्य विद्यालय ४५ दिनका लागि बन्द गरिएको शिक्षा शाखा प्रमुख सन्तोषकुमार राउतले बताए । उनका अनुसार अब माघको २५ पछि मात्रै नगरपालिकाका विद्यालय खुल्नेछन् । चिसोले ओखलढुंगाका अधिकांश विद्यालय बन्द छन् । मोलुङ गापा, खिजिदेम्बा गापा र सिद्धिचरण नगरपालिकाको लेकाली क्षेत्रका सबै विद्यालय केही दिनयता बन्द भएका हुन् ।

    ‘जाडो अत्यधिक बढेको त होइन तर विद्यार्थीहरूमा रुखाखोकीको समस्या धेरै देखियो,’ मोलुङ गाउँपालिका–८ स्थित पात्ले माविका प्रधानाध्यापक लाक्पा शेर्पाले भने, ‘हामीले दस दिनका लागि विद्यालय बन्द गरेका छौं, दिन तातियो भने विद्यालय खुल्छ ।’ चिसो बढ्ने तरिका पहिलेभन्दा बदलिएको सिद्धिचरण–६ का ठाडेका होटल व्यवसायी पारस मगरले बताए । ‘पहिले यति बेला एकनासको जाडो हुन्थ्यो, हिउँ पर्थ्यो,’ उनले भने, ‘यसपालि बिहान–बेलुकी थामिनसक्नु जाडो छ तर दिउँसो तापक्रम धेरै छ ।’हिउँ पर्‍यो भने ठाडे, टोड्के, जन्तरधाप क्षेत्रमा होटल व्यवसाय बढ्छ । तर यसपटक हिउँ परेको छैन । स्थानीय खेतीका लागि हिमपात अनिवार्य हो । यदि हिउँदमा हिउँ नपरे वर्षाको सुरुवातमा असिना पर्ने र आलुलगायतको अन्नबालीमा क्षति पुग्ने स्थानीय बताउँछन् । खोटाङको उत्तरी क्षेत्रका विद्यालयहरू पनि जाडोका कारण बन्द गरिएका छन् । ऐंसेलुखर्क गाउँपालिकाले ८ माविसहित २४ वटै विद्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । केपिलासगढी गाउँपालिकाले पनि विद्यालयहरू बन्द गरेको छ । ८ माविसहित ३७ विद्यालयमा दस दिनका लागि बिदा दिइएको गाउँपालिका उपाध्यक्ष गुरुराज राईले बताए । राईले भने, ‘अब केही दिनपछि स्कुल लाग्छ ।’दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा हिउँदे बिदा गरिएको छ । परीक्षा सकेर २१ माविसहित ९३ विद्यालय १५ दिनका लागि बिदा गरिएको उपप्रमुख विसन राईले बताए । ‘परीक्षा सकेर पुस १५ देखि १५ दिनका लागि बन्द गरिएको हो ।’ राईले भने, ‘मौसम ठिकठाक रहेमा मंगलबारदेखि नै लाग्छ ।’ हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पुस १७ देखि १५ दिनको बिदा गरिएको छ ।

    उक्त पालिकाको १४ माविसहित ४८ विद्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । खोटाङमा एक स्नातकोत्तर तहको पढाइ हुने दिक्तेल बहुमुखी क्याम्पसलगायत प्रायः सबै शैक्षिक संस्थाहरू बन्द छन् । यहाँ ४ सय ८६ वटा सामुदायिक, २८ संस्थागत विद्यालय र चार क्याम्पस छन् । पाँचथरमा जाडोले चार क्याम्पससहित सबै सामुदायिक र निजी विद्यालय बन्द छन् । विगतका वर्षमा हिउँदे छुट्टी नदिएका फिदिमका निजी विद्यालयले यो वर्ष पुस २९ देखि माघ ५ सम्म बिदा दिएका हुन् । ‘अचाक्ली चिसो बढेकाले प्याब्सनको बैठकले एक साता बिदा दिने निर्णय गरेको हो,’ फिदिमस्थित नयाँ नमुना माविका प्रिन्सिपल लक्ष्मीप्रसाद मिश्रले भने । विगतमा पुस २९ मा तेस्रो त्रैमासिक परीक्षा सकेर माघ १ देखि मात्रै बिदा दिने गरिएकोमा यस वर्ष चिसोकै कारण थप ५ दिन बिदा दिइएको उनको भनाइ छ । स्नातकोत्तर तहसम्म पढाइ हुने पाँचथर बहुमुखी क्याम्पससहित स्नातक तहसम्म पढाइ हुने थर्पु, यासोक र रवि क्याम्पस पनि बन्द भएका छन् । यस्तै पाँचथरको उच्च पहाडी क्षेत्रमा पर्ने याङवरक र फालेलुङ गाउँपालिकाका सबै विद्यालय माघ १५ सम्मका लागि बिदा गरिएका छन् । ती पालिकाहरूले जाडो बढ्ने सिजनलाई मध्यनजर गरेर शैक्षिक क्यालेन्डरमा नै पुस १५ देखि १ महिनाको बिदा मिलाउने गरेका छन् । यहाँ सामुदायिक र निजीसहित उच्च शिक्षासम्म अध्ययन अध्यापन हुने विद्यालयको संख्या ४ सयभन्दा धेरै छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑