पोखरा । पोखरामा भएको यति एयलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको शव परिवारले बुझेका छन्। मङ्गलबार बिहान अस्पतालले उनको शव परिवारलाई बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्यीय पौडेलको शव केहीबेर अगाडि घर लगिएको छ।
घरमा आधा घण्टादेखि पौने घण्टासम्म शव राखेर श्रद्धाञ्जलिका लागि पत्रकार महासङ्घ कास्कीमा ल्याइने सचिव माधव बरालले जानकारी दिए। पर्वत घर भएका पौडेलको परिवार पोखराको फुलबारीमा बस्दै आएका छन्।
उनी प्रेस सेन्टरको बैठकमा सहभागी भएर घर फर्कने बेलामा दुर्घटनामा परेका हुन्। झन्डै दुई दशकदेखी पत्रकारितामा आबद्ध उनी पोखराबाट प्रकाशित हटलाइन दैनिकको सम्पादक थिए। पत्रिकाको वितरक हुँदै उनले पत्रकारिता सुरु गरेका थिए।