• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अपराधको अखाडा बन्दै वीरगञ्जका क्यासिनो

  • वीरगंज संजाल
  • ३ माघ २०७९, मंगलवार १२:०३
  • २५८५

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा सञ्चालित क्यासिनोहरु अपराधको अखाडा बन्दै गएको छ । सञ्चालनमा रहेका चारवटा क्यासिनोमा विदेशी पर्यटक भन्दा पनि नेपालीहरुको भीड हुने गरेकोले पनि क्यासिनोहरु अपराधिक स्थल बन्दै गएको हो । वीरगञ्जको होटल भिषवा र सुरजमा लगभग एक दशक देखि मिनी क्यासिनो सञ्चालन हुँदै आएको छ भने दियालो लड्स र होटल कलार्कमा केही महिना देखि क्यासिनो संचालन सुरु भएको छ । पर्सा प्रहरीले तास जुवामा कडाइ गरेपछि स्थानीय जुवाडेकोहरुको लागि क्यासिनोहरु सुरक्षित स्थल बनेका छन् । मुख्य रुपमा वीरगञ्जको केन्द्रमा रहेको होटल सुरज र होटल दियालो लड्समा रहेको किँग्स क्यासिनोमा स्थानीय जुवाडेहरुले एक दिनमा लाखौ रुपैयाँ हार्ने गरेको छपकैयाका एक जुवाडेले बताए । उनले भने ‘वीरगञ्जका तस्कर देखि व्यापारीहरु म्यारेज र प्mलास खेल्न किँग्स क्यासिनोमै पुग्ने गरेका छन् ।’ एउटा टेबुलमा ६ जना खेलाडीहरुले प्रति राउण्ड एक–एक गरी ६वटा क्वाइन्स बोर्ड तिर्नु पर्ने हुन्छ ,सो अनुसार एक राउण्डको म्यारेज खेलमा २ हजार बोर्ड लाग्ने गरेको छ । प्रत्येक दिन ७ देखि १० लाखसम्म उक्त क्यासिनोको आम्दानी हुने गरेको बताइन्छ । आफूहरु आइडी प्रुफ हेरेर विदेशी भए मात्र क्यासिनोमा प्रवेश गर्न दिएको किँग्स क्यासिनोका एक सञ्चालकले बताए । उनले भने,‘नेपाली भए पनि उनीहरु भारतीय आधार कार्ड लिएर आउने गरेका छन् ।

    किँग्स क्यासिनामा नेपालीहरुको प्रवेश बढेको खबर आफूले पनि पाएको र केही दिन अगाडि विर्ता वडा प्रहरी कार्यालय र जिल्लाको संयुक्त टोलीले छापा हानेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । तर, राति८बजे तिर गरेको छापामारीमा एक जना नेपाली मात्र फेलापरेको र उनले पनि भारतीय आधार कार्ड प्रयोग गरको प्रहरी उपरीक्षक शाहले स्पष्ट पारे । क्यासिनो नियमावली २०७० को संशोधित २०७६ अन्तर्गतको मापदण्ड पूरा नगरी अवैध रुपमा वीरगञ्जका कतिपय क्यासिनो सञ्चालन गर्दै आएको आरोप समेत लागेको छ । पूर्वमन्त्री देखि ठूला राजनेता तथा पहँुचवालाहरुले क्यासिनो संचालन गरेको कारण पनि स्थानीय प्रशासनले चाहेर पनि केही गर्न नसक्ने वीरगन्ज महानगरपालिकाका वडा अध्यक्ष आशुतोष चतुर्वेदीको भनाइ छ । उनले भने,‘किँग्स क्यासिनो वाहेकका अधिकांश क्यासिनोहरु पहुँच र मिलिजुली रुपमा चलिरहेका छन । क्यासिनो नियमावली अनुसार ५ किलोमिटर भित्र एक भन्दा बढी क्यासिनो संचालन गर्न निषेध छ । संशोधित नियमावली अनुसार मिनी क्यासिनो सञ्चालनका लागि ४ तारे होटल हुनुपर्ने अनिर्वाय हुन्छ भने १५ करोड रुपैयाँ चुक्ता पूँजी हुनपर्ने हुन्छ नियमावलीमा स्पष्ट रुपमा उल्लेख गरिएको छ । सोही नियम अनुसार २६ माघ, २०७८ मा पर्यटन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पर्यटन विभागले नेपालगंजस्थित ड्रिमल्याण्ड होटलमा संचालित ह्याप्पी आवर प्राईभेट लिमिटेड अन्तर्गतको क्यासिनो र उक्त होटल बन्द गर्न पत्राचार पनि गरेको थियो ।

    पर्यटन मन्त्री प्रेम बहादुरले आलेले रोयाल्टी लगायतको दस्तुर नबुझाउने क्यासिनो कम्पनीलाई बन्द गर्ने निर्णय गरेपछि ह्याप्पी आवर प्रालि बन्द हुन पुगेको थियो । तर, वीरगञ्जका होटल सुरज र होटल भिषवा चार तारे होटल नभए पनि दुबै होटलमा पहँुचको भरमा मिनी क्यासिनो संचालित छन् । स्तर वर्गीकरण नभएको होटलमा क्यासिनो संचालन गर्न पाइँदैन । तर, पर्यटन विभागले यसको साथै एउटा कम्पनीले एउटा क्यासिनो मात्र संचालन गर्नुपर्ने प्रावधान छ । तर, रक इन्टरनेश्नल प्रा.लि र सेन्ट्रल मिडिया ग्रुप प्रा.लि (सिएमजी) ले नियमलाई लत्याउँदै चार ÷ चार स्थानमा क्यासिनो संचालन गर्दै आएको छ । जबकी यी क्यासिनोहरुले राजश्व समेत बुझाएका छैनन् । ०६६ सालमा दर्ता भएको रक इन्टरनेश्नलले धनगढीको होटल साथी, वीरगञ्जको होटल सूरज, भैरहवाको होटल बोधी रेडसन र काँकडभिठ्ठाको होटल रियाजमा क्यासिनो संचालन गर्दै आएको छ । यो क्यासिनो कम्पनी किशोर सिलवाल र सिलवालकी श्रीमती उषा सिलवाल थापाको हो । त्यस्तै ०६५ सालमा दर्ता भएको सिएमजीले महेन्द्रनगरको होटल ओपेरा, रुपन्देहीको होटल ड्रिमल्याण्ड, वीरगञ्जको होटल भिषवा र विराटनगरको होटल रत्नमा क्यासिनो संचालन गर्दै आएको छ । यो क्यासिनो कम्पनी पूर्व सांसद नरेन्द्र शाह कलवारको रहेको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑