वीरगंज । चोभारमा तीनजना सवार कार दुर्घटनामा परेको छ । दुर्घटनास्थलबाट एकजनाको उद्धार गरी अस्पताल लगिएको छ ।
बाँकी दुईजनाको खोजी र्काय जारी रहेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । उनीहरू वाग्मती नदीमा खसेको प्रहरीले जनाएको छ ।
स्थानीयको सहयोगमा ललितपुर प्रहरी र कीर्तिपुर प्रहरीले खोजी गरिरहेका छन् । बा ५ च ५६५४ कार चोभारबाट खोकनातर्फ जाँदै थियो ।