वीरगंज । तनहुँको भानु नगरपालिका–६ का ४९ वर्षीय सन्तबहादुर गुरूङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–८ रिस्ती बस्ने २४ वर्षीय आशिष परियार रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
भानु नगरपालिका–६ टुहुरे पसलस्थित भित्री सडकमा गुरूङलाई परियारले खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिए ।