आज:
  • होमपेज / Breaking News

    ह्वाट्सएपमा म्यासेज पठाएर बैंक खाता ह्याक

  • वीरगंज संजाल
  • २ माघ २०७९, सोमबार १३:१२
  • २६३७

    वीरगंज । के तपाईको ह्वाट्सएपमा कुनै म्यासेज अपरिचित नम्बरबाट आयो ? त्यस्तो म्यासेज नखोल्नु होला। म्यासेज आएको मोबाईलमा बैकिङ कारोबार रहेको छ भने तपाईंको बैंकको खाता ह्याक हुन सक्छ। विराटनगरमा अपरिचित नम्बरबाट आएको त्यस्तै म्यासेज खोलेर हेर्दा एकजना युवा व्यवसायीको १ लाख ४७ हजारभन्दा बढी रकम बैंकको खाताबाट गायव भएको छ। विराटनगर ६ स्थित जमाली प्रेस सञ्चालन गर्दे आएका नदिम दानिस जमालीको एनआईसी एसिया बैंकको खाताबाट दुई पटकमा १ लाख ४७ हजार रकम गायब भएको हो। कात्तिक २० गते बिहान १० बजे जमालीको ह्वाटसएप नम्बरमा एउटा म्यासेज आयो। पीडीएफ फाईलमा आएको म्यासेज प्रेस सञ्चालक भएकाले कुनै संस्थाको होला भन्दै खोले। जमालीका अनुसार अपरिचित नम्बरबाट आएको उक्त फाइल खोल्दा एउटा लिंक खुल्यो जमालीले भने, ‘लिंकमा क्लिक गर्दा महिलाका नग्न तस्बिरहरू खुले।

    हतारहतार फाईलहरू डिलिट गरेँ तर एकैक्षणमा मोबाइलका सवै एप्सहरू आफैं चल्न थाले। लामो समय मोबाइल ह्याङ भयो। अफ गर्न खोजेँ भएन। फोन अन गर्दै अफिस गएँ।’ अफिस पुग्दा नपुग्दै खाताबाट ५० हजार रुपैयाँ निकालेको म्यासेज आयो । पैसा काटेको म्यासेज आएपछि उनी छाँगाबाट खसेजस्तै भए। खाताबाट पैसा निकालेको सन्देश आउनासाथ विराटनगरस्थित खाता भएको बैंकको शाखामा उनी पुगे। जमालीका अनुसार बैंकमा खाता चेक गर्न लगाउँदा फेरी ९७ हजार ५ सय १० रुपैयाँ प्रभु बैंकको कुनै व्यक्तिको नाममा जम्मा भएको देखियो। उनको रकम ह्याकरले दुई किस्तामा निकालेको देखिन्छ। पहिलो किस्तामा ५० हजार, दोश्रो किस्तामा ९७ हजार ५ सय १०। खाताबाटै पैसा हराएको विषयमा बैंकमा जानकारी गराउँदा समेत एनआइसी बैंक विराटनगर शाखाका कर्मचारीले वास्तै नगरेको उनले बताए।

    समस्या शाखा प्रमुखलाई सुनाउन खोज्दा पनि भेट्नै दिएनन्। उनले भने, ‘बैंकका कर्मचारीले प्रहरीमा जान सुझाए।’ पटक–पटक प्रहरीमा गएर अनुरोध गर्दासमेत प्रहरीले बेवास्ता गरेको अनुभव उनले सुनाए।‘काम गर्दैछौं ? विस्तारै हुन्छ’ भन्ने प्रहरीको जफावले आफु बिचल्लीमा परेको बताए। उनको खाताबाट कुनै व्यक्तिको नाममा रकम झिकिएको स्टेटमेन्टमा देखिएको छ। रकम झिकिएको सवै विवरणसहित प्रहरीमा जाँदा पनि न्याय नपाएको उनले बताए। ‘पहिलोपटक प्रहरीमा जाँदा प्रमाण के छ भनिएको थियो। प्रमाणसहित जाँदा पनि प्रहरीले निरास बनाएर पठायो।’ जमालीले भने। प्रहरी प्रशासन र बैंकबाट तत्काल समस्या समाधान नहुने देखेपछि उनले काठमाडौंमा रहेका दाजु अबिद कामिल जमालीमार्फत् काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पुगेर निवेदन दिएका छन्। निवेदन दिएको केही समयपछि ५० हजार रुपैयाँ फेरी जमालीको खातामा फिर्ता आएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑