वीरगंज । कागेश्वोरी मनोहरा नगरपालिका –६ मुलपानी ग्रिनहिलसिटी बस्ने ६४ वर्षीय हरि लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले लिम्बुसहित पाँच जनालाई पक्राउ गरेको छ ।
गस्ति टोलीमा खटेका प्रहरीले आइतबार तिनीहरुलाई पक्राउ गरेको हो । लिम्बुको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट
खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७९ हजार २ सय रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको जनाएको छ ।